२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

कोरोना संक्रमणबाट हालसम्म विदेशमा मात्र ३ सय १९ जना नेपालीको निधन



लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रीकामा १ जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १९ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, दक्षिण अफ्रिका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ जना छ भने २ लाख ६१ हजार ४४ जना अर्थात ९७।८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

 

नयाँ भाइरस बिरुद्ध फाइजरको खोप लगाउन सकिने
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोनाभाइरस भेरियन्ट) विरूद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ ।

स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेक लगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको बिरूद्धमा प्रभावकारी हुने देखाएको हो ।

 

कुल परीक्षणमध्ये कम्तीमा १० प्रतिशतमा संक्रमण

नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको भएपनि स्वास्थ सावधानी आवश्यक रहेको स्वास्थ समितिले जनाएको छ । हाल दैनिक भैरहेका कुल परीक्षण गरेकामध्ये कम्तीमा १० प्रतिशतमा संक्रमण हुने गरेको पाइएको भन्दै समितिले जोखिम कम नभएको उल्लेख गरेको छ ।

परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक तथ्यांक के हो भन्न नसकिने समितिले बताएको छ ।समितिले मास्क, भौतिक दुरी र हात धुने लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाएको छ ।

 

आत्महत्या रोकथामसम्बन्धी विशेष भर्चुअल कार्यशाला

बैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थाले पछि संघ अन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथाम सम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ ।

हालसम्म ३ कार्याशाला सम्पन्न भैसकेको छ । सो कार्यशालामा मनरोग विशेषज्ञ डा विजय ज्ञवाली र डा रंजन थापाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यशालामा विशेषत: मध्यपुर्व, मलेसिया लगायत मुलुकका नेपालीले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ११ : ०४ बजे

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको