२ भदौ २०८३, मंगलबार | August 18, 2026

सर्वोच्चको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको नेपाल पत्रकार महासंघको ठहर



काठमाडौं । नेपाल पत्रकार महासंघले संचारमाध्यमको नामै किटेर सर्वोच्च अदालतबाट जारी भएको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको ठहर गरेको छ ।

सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको केन्द्रीय समितिको पूर्ण बैठकले समाचार प्रकाशित भएको विषयमा सर्वोच्च अदालतले निकालेको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको हो ।

महासंघले स्वतन्त्र प्रेसलाई धम्क्याउने काम जहाँबाट भएपनि बन्द गर्न आग्रह गरेको छ ।

शुक्रबार सर्वोच्च अदालतले न्यायाधीसहरुले प्रधानमन्त्रीसँग भेट गरेको भन्ने समाचार कपोलकल्पित भएको भन्दै त्यस्ता समाचार प्रकाशित गर्ने संचारमाध्यमलाई कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

यसअघि प्रेस संगठन नेपालले पनि सर्वोच्चको विज्ञप्तिप्रति आपत्ति जनाउँदै प्रेसलाई नधम्क्याउन चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ३ : ०६ बजे

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको