२ भदौ २०८३, मंगलबार | August 18, 2026

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर



नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको नेपालगन्ज-पोखरा उडान पुनः संचालन हुने भएको छ । नेपालगन्ज-पोखराको नियमित उडान १६ सेप्टेम्बरबाट पुनः संचालनमा आउने भएको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण देखाउँदै गत जेठ ५ गतेबाट पोखरा-नेपालगञ्ज सिधा उडान स्थगन गरेको थियो । एक महिनाका लागि स्थगन गरेको सूचना गरेको बुद्ध एयरले झण्डै साढे तीन महिनापछि उडान सुचारु गरेको हो ।

आइतबार, बुधबार र शुक्रवार गरि हप्ताको तीन उडान राखिएको र बुकिङ्ग खुल्ला गरिएको बुद्ध एअर नेपालगन्जका प्रमुख विनितविक्रम शाहले जानकारी दिए ।

पर्यटन प्रवर्द्धन र भारतीय यात्रुलाई सहजता हुने उद्देश्यले विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज पोखरा उडान हुने गरेको थियो।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १ : २४ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन