२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा



काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित विभिन्न ३ वटा योजनाका निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

खरिद अनुगमन कार्यालयले सालझण्डी, सन्धिखर्क ढोरपाटन सडक योजना, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको विरेन्द्र नगर नगरपालिका ७ को योजना तथा खत्याडी माध्यामिक विद्यालय, डोटीको ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीहरुलाई ३ वषृका लागि कालोसूचीमा राखेको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

तीन वर्षका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

हेर्नुहोस् कालो सूचीमा राखिएका निर्माण कम्पनीहरू

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १२ : ०६ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज