१५ माघ २०८२, बिहिबार | January 29, 2026

कोरोना कहर : नयाँ चलचित्रले पनि किन दर्शकलाइ तान्न सकेन ?



काठमाडौं । माघ १ गतेबाट नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । सार्वजनिक विदाको दिन पारेर चलचित्र रिलिज गरिएको थियो ।

१० महिनादेखि बन्द हलमा नयाँ चलचित्र रिलिज हुँदा दर्शक आउने अपेक्षा गरिएको थियो । तर, चलचित्रले दर्शक नै तान्न सकेनन । नायक शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रलाई जोखिम मोलेर रिलिज गरिएको थियो । दर्शक नै नआउँदा चलचित्रले राम्रो व्यापार नै गर्न सकेनन ।

रिलिज भएको पहिलो दिन मल्टिप्लेक्स हलले यो चलचित्रलाई राम्रो शो उपलब्ध गराएका थिए । तर, बिहीबार नै हलमा दर्शकको खडेरी लागेपछि शोको संख्या घटाइएको थियो ।

नयाँ चलचित्र रिलिज भएपनि दर्शकहरू अहिले नै हलसम्म आउन नसक्ने चलचित्रकर्मी बताउँछन । “दर्शक हलसम्म आउनलाई अहिले त खत्रै खालको चलचित्र भएपछि मात्र आउँछन् । नत्र त्यसरी जोखिम मोल्न उनीहरू तयार छैनन्”, चलचित्र निर्माता तथा निर्देशक माधव वाग्ले बताउँछन् ।

चलचित्र क्षेत्रलाई चलायमान बनाउन र नयाँ नेपाली चलचित्र हलमा रिलिज भएको सन्देश दिन यो चलचित्र रिलिज गरिएको शिव श्रेष्ठको भनाई छ । “अहिले हामीले दर्शकका लागि भन्दा पनि चलचित्र क्षेत्र चलायमान भयो हैं भन्ने सन्देश दिनका लागि त्यो जाखिम मोलेका हौं”, श्रेष्ठले भने ।

चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, कविता मानन्धर, शक्ति श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा चर्चित अनुहार समावेश गरेपनि दर्शक भने तान्न सकेन् ।

गत चैतबाट बन्द रहेका सिनेमा हल व्यवसायीले नै पुस १० गतेबाट खोलेका थिए । सरकारले अनुमति नदिएकै बेला उनीहरू सरकारलाई चुनौती दिँदै हल खोल्न अघि सरेका थिए ।

हल खोलेपनि अहिलेसम्म पुरानै चलचित्रको भरमा चलाइरहेका छन् । नयाँ चलचित्रको नाममा ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको थियो । त्यसले पनि दर्शक तान्न नसकेपछि अधिकांश हलहरू पुराना नेपाली र विदेशी चलचित्र प्रदर्शनमा ल्याइरहेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ९ : ४४ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला