२२ भदौ २०८३, सोमबार | September 7, 2026

सरकारी कर्मचारीको एक दिनमै ८ छाक खाना !



काठमाडौं । सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला ? बढीमा ३-४ पटक । दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन् ।

जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलोनिका) ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो । कार्की यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन् ।

उनले दुई दिनमा चार कोठा लिएकी थिइने । र, १० छाक खाना खाएको देखाएकी थिइन् । त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ । उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन् ।

त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिका अन्तरगतका योजना अनुगमन गरेका थिए । उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए । १० छाक खाना खाएको बिल बनाए । त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन् । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : २५ बजे

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको