२४ असार २०८३, बुधबार | July 9, 2026

अन्नपूर्ण आधार शिविर जान पिसिआर रिपोर्ट नचाहिने



गण्डकी । अन्नपूर्ण आधार शिविरका पदमार्गमा जान अब पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको छ । पर्यटकका लागि पिसिआर रिपार्ट अनिवार्य गरी यही माघ १ गतेदेखि विश्वको चर्चित उक्त पदमार्ग खुला गरिएको थियो । छोम्रोङ पर्यटन व्यवसायी समितिको मङ्गलबार बसेको बैठकले अबदेखि पदयात्रीका लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेकोे हो ।

समितिका सचिव दिलीप गुरुङका अनुसार कोरोना सङ्क्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किँदै गरेको अवस्थालाई दृष्टिगत गरी पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो । “हामीले केही समयअघि पाहुनाका लागि होटल खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौँ”, उनले भने, “अब कोरोना सङ्क्रमण पनि घट्दै गएको र जनजीवन पनि सामान्य अवस्थामा फर्किएका कारण पिसिआर रिपोर्ट अलि झन्झटिलो महसुस गरी समितिले यस्तो निर्णय लिएको हो ।”

आधार शिविर आउने पदयात्रीलाई स्वास्थ्य अवस्था मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन समितिले भनेको छ । पदमार्गअन्तर्गत देउरालीसम्म होटल पूर्णरूपमा खुलेको त्यहाँबाट माछापुच्छ्रे आधार शिविर दुई घण्टा र अन्नपूर्ण आधार शिविर थप आधा घण्टामा पुग्न सकिने उहाँले जानकारी दिए। अहिलेका अवस्थामा अन्नपूर्ण आधार शिविरसम्म पुगी देउराली आएर बास बस्न सकिने सचिव गुरुङको भनाइ छ ।

यही हप्ताभित्रमा माछापुच्छ र अन्नपूर्ण आधार शिविरमा पनि होटेल खुलाउने तयारी गरिएको समितिले जनाएको छ । आगामी फागुनबाट कामदारसमेत फर्किएपछि अन्नपूर्ण आधार शिविर पूर्णरूपमा खुल्ने र हालका लागि आधार शिविर पुगी देउरालीसम्म फर्केर बस्ने व्यवस्था मिलाइएको छ । देउरालीबाट आधार शिविरसम्म जानका लागि स्थानीय पथप्रदर्शक व्यवस्थासमेत गरिएको दिए जानकारी दिए।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  २ : ०० बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको