७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेकपाको विभाजन पछि गुल्मीका नेकपा नेता गोकर्ण बिष्ट र प्रदिप ज्ञवालीको पहिलो भेट, पार्टी विभाजनले दुबैलाई बनायो भावुक



गुल्मी । नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समय एकै धार र एकै पार्टीमा रहेका गुल्मीका कम्युनिष्ट नेता द्वय प्रदिप ज्ञवाली र गोकण बिष्टको फरक फरक पार्टी भएपछि पहिलो पटक भेट भएको छ । विगत निर्वाचनमा कतिपय अवस्थामा संयुक्त चुनावी सभा त कतिपय अवस्थामा बेग्ला बेग्लै सभाहरुमा अव नेपालमा कम्युनिष्ट पार्टीलाई कसैले हराउन सक्दैनन्, नेपालमा कम्युनिष्ट एक भए भन्दै भाषण गर्दै हिंडेका नेता द्वय ज्ञवाली र बिष्ट त्यती बेला भेट भए जतिबेला उनीहरुले चुनावका बेला दिएका सबै आश्वासनको पर्खाल गल्र्यामगुर्लुम ढलेको छ ।

देशैभर एक अर्कामा वाक युद्ध मार्फत नङ्ग्याउन कस्सिएर लागेका दुई फरक ध्रुवका नेताहरुको गुल्मीमा भने भेटघाटकै क्रममा दुबै भावुक बनेका छन् । नेपाल कम्युनिष्ट पार्टी ओली पक्षका प्रवक्ता रहेका ज्ञवाली नेकपा प्रचण्ड नेपाल पक्षका स्थायी कमिटी सदस्य बिष्टकी आमाको निधनमा समवेदना प्रकट गर्न गुल्मी स्थित बिष्टको घरमा पुगे । भेटघाटको प्रसंग बिष्टको आमाको दुखद मृत्यु थियो । आमाको मृत्युको पिडासँगै दुबै नेतामा पार्टी विभाजनको पिडा पनि अनुहारमा प्रष्ट झल्कन्थ्यो ।

ज्ञवाली तीनै नेताहुन जसले प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव मन्त्रीपरिषदमा सुनाउँदा विरोध जनाएका थिए । संसद विघटनले राम्रो परिणाम नआउने भन्दै त्यसो नगर्न प्रधानमन्त्री ओलीलाई सुझाएका थिए । ओली पक्षका अन्य नेताहरु प्रचण्ड-नेपालपक्षका नेताहरुका विरुद्ध ब्यक्तिगत गालिगलौजमा उत्रिएपनि ज्ञवालीले भने अहिले सम्म कटाक्ष गरेको सुनिएको छैन । शोकको घडीमा रहेको गोकर्ण सहितको परिवारमा समबेदना ब्यक्त गरिरहँदा ज्ञवाली भावुक देखिएका थिए ।

शोक मन्तब्य ब्यक्त गर्दै ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनको आकाशमा केहि समय बादल लागे पनि कुनै दिने घाम लागेपछि सुर्य उदाउने बताए । उनले अहिले जो जुन जुन समूहमा रहे पनि निरास नभई अन्य पार्टीमा नलागि कम्युनिष्ट मै रहन कार्यकर्ताहरुलाई आग्रह गरे ।

शोक मनाउन बिष्टका घर पुगेका दुबै पक्षका कार्यकर्ताहरुमा पार्टी फुटको चिन्ता झल्किन्थ्यो । नेता बिष्टकी आमाको पुस २८ गते निधन भएको थियो । पूर्वमन्त्री बिष्टका जेष्ठ दाजु लक्ष्मण बिष्ट ईस्मा गाउँपालिकाका प्रमुख हुन् । उनीहरु ५ भाई र दुई दिदी बहिनीहरु रहेका छन् ।

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : १८ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा