१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वर्तमान अशिष्ट राजनीति : लाचार जनता



लेखक

नेपाली राजनीति अनि देशले पत्याएका सम्मानित पदहरुमा पदासिन हुनपुगेका व्यक्तिहरु (सम्मानीयदेखि श्रीमानसम्म) द्वारा हालै सम्प्रेषित विचारहरु पढदा र सुन्दा लेखक स्वयंलाई पढे लेखेको वर्गमा पर्छु भन्नसम्म लाजलाग्ने स्थिति सिर्जना हुनु भनेको देश र देशबासीका लागि राम्रो संकेत अवश्यै होईन । सायद, आफ्नै बलबुतामा बाँचेका सबैजनहरुको पीडा यस्तै यस्तै मेरो जस्तो नै होला । किनभने, यी व्यक्तिहरुका अभिव्यक्ति सुन्दा उनिहरु कति स–साना व्यक्तिगत स्वार्थमा पनि नेपाली बौद्धिक जगत विभक्त हुन सक्नेरहेछ भन्ने कुराको पर्दाफास ती केही पूर्वन्यायमूर्तिहरुको विज्ञप्ति हेरे पुग्छ । हैनभने यहि नेपाली माटो मै हुर्केका र बढेका ती श्रीमानहरुबाट आ–आफ्नै मातहतका अड्डाअदालतहरुबाट काममा हुनेगरेका ढिला सुस्ति र आर्थिक लेनदेनबारे कहिँकतै बोलेको सुन्न र छापामा पढ्न पाएको मलाई संझना छैन ।

सरकार र यस मातहतका बिभागीय विकृति अनि सरकारका कमिकमजोरीबारे बोल्दा पदीय मर्यादाका कुरा उठाउने तर मौका देख्दा प्रतिकृया स्वरुप बिज्ञप्ति दिईहाल्नुपर्ने कुरो को औचित्य के रु यो घटना ले नेपालका हरेक क्षेत्र बिभाजित छन् भन्ने कुराको पुष्टि गरेको मेरो बुझाई छ ।

त्यसैले त आज देशभित्र नत आशलाग्दो व्यक्तित्वको निर्माण हुनसक्यो न त कुनै संस्था नै बाँकी बच्यो जस्ले अप्ठारो परेको बेला समग्र देशलाई नै नेतृत्व दिन सकोस ।

देशको माथिल्लो पदमा पुगेकाका व्यक्तिहरुमा देश र जनताका खातिर आफुले निर्बाह गर्नुपर्ने दायित्वका बारेको ज्ञानको अभाब हो वा उनीहरु जानि जानि वा अन्जानमै अन्तर्राष्ट्रिय जगतमा देश र जनताको शिर निहुरिने अभिव्यक्ति किन दिन्छन् भन्ने कुराको गहनतम अध्ययन र खोज आज सबै नेपालीको चासोको बिषय बन्नुपर्छ । संसद बिघटन किन भयो रु हुनु आबश्यक थियो वा नियति थियो रु वा कसैको गलत नियतको सिकार भयो रु यसको लेखा जोखागर्ने जिम्मा सर्बोच्च अदालतलाई दिँदा नै उपयुक्त होला । तर,बडो दुःखका साथ याहाँ उठाउन खोजिएको कुरा के मात्र हो भने संसदीय पद्धतीको यतिलामो अभ्यास [२०४६–७७] पश्चात् पनि राजनीतिक दलका नेताहरुमा लुकेको छुद्रताबाट सिङ्गो मुलुकको बेइज्यती भएको छ भन्ने मेरो बुझाई छ । आ–आफ्ना व्यक्तिगत स्वार्थका खातिर जे पनि र जसरि पनि गर्न तम्सिने मानसिकताबाट निर्देशित कर्मचारीतन्त्र र त्यसैबाट फाइदा उठाउन अभ्यस्त राजनीतिक दलका नेताहरु र बिदेशीले चलाखीपुर्ण तरिकाले फालेको ’कलो’ (खाना खाई सकेपछि कुकुरका लागि हातमा लगिने एक मुठ्ठी भात) खाने संस्कृतिमा रमाउन पल्केका नेपाली ठालुहरु ९भष्तिभक० बाट नेपाल र नेपालीले के पाउने आशा गर्न सकिएला रु

अब राजनीतिक दल र तिनका मतियारहरुलाई मात्र गाली गरेर पुग्दैन । नत यसबाट हाम्रा समस्याहरूको समाधान नै हुन्छ । देशका हरेक निकायमा ब्याप्त ’कलो’ खाने संस्कृतिको उपचार नै यसको एकमात्र बिकल्प हो । यो बिकृत मानसिकताको उपचार एउटै विधिबाट मात्र सम्भब देखिदैन । किनभने, देशको हरेक निकायमा देखापर्ने आर्थिक अपचलन, पहँुच हुनेले कानून मिचेर जे पनि गर्न तम्सिने र त्यसलाई छुटदिने हाम्रो राजनीतिक संस्कारमा पनि परिवर्तनको उत्तिकै खाँचो छ । हैनभने, यस्तै यस्तै गलत काममा अभ्यस्त हुँदै जाने हो भने नेपाली समाजको सही र गलत माझ बिभेद गर्ने क्षमताको ह्राश हुने सम्भावना बढ्दो छ । यस्तै मानसिकताको सिकार भएर आज कतिपय सम्पन्न अफ्रिकी र एसियाका देशहरु समेत पुर्णरुपमा ध्वस्त हुने बाटोमा छन् र ती देशहरुमा व्यक्ति हत्या, लुटपाट, आगजनी र आत्मघाती बिष्फोटन त्यहाँको दैनिकी बनेको छ । देश तथा देशबासीहरु आक्रान्त र लाचार देखिन्छन् । त्यसैले आजको पहिलो प्राथमिकता भनेको देशको हरेक क्षेत्रमा आत्मबलयुक्त, स्वाभिमानी, चरित्रवान, नैतिकवान तथा अभिमानरहित नेतृत्वको निर्माण अनि लोभबाट कम प्रभावित व्यक्तिहरुको नेतृत्वले मात्र हाल सरकार र चर्चामा रहेका लोभी, आत्मबलबिहीन, दासमनोबृत्ति, नैतिकताबिहीन, दम्भी र अभिमानि राजनीतिक पुस्तालाई बिस्थापित गरी नयाँ पुस्तालाई स्थापित गर्नसक्ने छ । यति भए मात्र देशक र देशबासीको धमिलिएको प्रतिष्ठा,आत्मबल र आत्मसम्मान पुनः स्थापितगर्न मद्दत मिल्ने छ ।

यतिखेर, देशको हरेक क्षेत्रमा कार्यरत नेपाली नागरिक कुण्ठा, आक्रोश र प्रतिशोधको सोँचबाट ग्रसित छ । यो आक्रोश र प्रतिशोधि भावना नेपालका हरेक राजनीतिक दलहरुमा झनै मौलाएको छ । जसको परिणामस्वरूप उनीहरु मिलेर बस्न सक्ने अबस्था छैन । यद्यपी मिलेर बस्न नसक्नेहरुको बाहुल्यता तुलनात्मक रुपमा आफुलाई कम्युनिस्ट भन्ने दलहरुमा अत्याधिक रहेको लेखकको बुझाई छ । दलका नेतृत्वकर्तामा रहेका ईष्या, लघुताभास र प्रतिशोधविनाकै कारण कतिपय क्षमतावान व्यक्तिहरु हरेकदलबाट स्वयं किनारा लागेकाछन्। नेताहरुमा रहेको कुण्ठाको पुष्टि २०७७ पुस पछिको अप्रत्याशित राजनीतिक दुर्घटनापछि नेकपाका मुर्धन्य नेताहरुका अभिव्यक्तिबाट हुन्छ । यी कुण्ठा र आक्रोशका पछाडि लुकेका धेरै कारणहरु हुनसक्छन् जसको मनोवैज्ञानिक अध्ययन अत्यावश्यक छ ।

चलाख र छट्टु व्यक्तिहरुले राजनीतिक दलका नेताहरु र त्यसभित्र बनेका स–साना समुहमा रहेका व्यक्ति विशेषको दौराको फेरो समातेर सुविधायुक्त पदहरु हत्याउन सफल र सिपालु ठालुहरुको आत्मप्रशंसा सुन्दा सामान्य नागरिकलाई समेत उदेकलाग्दो छ । जसले गर्दा आफ्नो पेसालाई मर्यादित बनाउन लागिपरेका र राम्रोकाम गर्नुपर्छ भन्ने मान्यता बोकेर पेशामा प्रबेश गरेकाहरु पनि एकपछि अर्को गर्दै निष्कृय हुँदैगएको पाईन्छ । यो अबस्था देश अनि नेताहरू का लागि पनि त्यति हितकर नहुनसक्छ ।

देशको हरेक निकायमा आज देखापरेका मुख्य समस्या नै व्यक्तिगत लाभका खातिर जे पनि गर्न तम्सिने संस्कृति हो । यसलेगर्दा चरित्रवान व्यक्तिहरु किनारा लाग्नुपर्ने अबस्था छ । यसै प्रवृत्तिको फलस्वरूप आज हरेक क्षेत्रमा नैतिकवान व्यक्तिहरुको अभाव खडकिँदो छ । राजनीतिमा आवद्ध अधिकांशमा राजनीतिक चरित्र देखिदैन । विविध पेशामा लागेका धेरैमा पेशागत चरित्रको अभाव छ । के शिक्षक, के चिकित्सक, के कर्मचारी के उद्योगी ब्यापारी सबैको हालत उस्तै उस्तै छ । सेवामा प्रवेश गरेदेखि सेवानिवृत्त नभएसम्म धेरैको ध्यान सर्बसाधारण लाई झुक्याएर फाइदालिन मात्र दिन रात खटेको देखिन्छ ।

हालसालै नेपालमा विकसित राजनीतिक दृष्य र त्यसका मुख्य पात्र अनि तिनका मतियार बनेका व्यक्तिहरुका अभिव्यक्ति सुन्दा हामी नेपाली ले के कस्ता मान्छेहरुलाई राजनीतिमा मल–जल गरे छौँ भन्ने कुराले पिरोल्न थाल्छ । अब त हुँदा हुँदा नेपाली नागरिकहरुका मन र मष्तिस्कमा अर्को मनोविष्लेषक ’फ्रायड’ पुनः नेपालमा जन्मिएर नेपाली राजनीतिक दलका नेताहरूको मनोवैज्ञानिक अध्ययन गरिदिए र समाधान दिए हुन्थ्यो जस्तो लाग्न थाल्यो । अनिमात्र दलका नेतृत्ववर्गमा रहेको कुण्ठा र आक्रोशको समाधान निक्लिएला । अन्यथा नेताहरुमा सकारात्मक सोचको विकासको आशा गर्नु भनेको आफुलाई नै मुर्ख बनाउनु हुनेछ ।
अस्तु।

भृकुटीनगर९१०, नेपालगन्ज

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १ : ४९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर