२० मंसिर २०८२, शनिबार | December 6, 2025

वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीको अघोषित सिन्डिकेट



वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले अघोषित सिन्डिकेट शुरू गरेका छन् । सुक्खा बन्दरगाहबाट वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरसम्म कन्टेनर ढुवानीमा संलग्न व्यवसायीले अघोषित सिन्डिकेट थालेका हुन् ।

ढुवानी व्यवसायीले भाडा बढाएर आलोपालो अपनाएपछि कोरिडोरका उद्योगीले यसको विरोध गरेका छन् । व्यवसायीहरूले विगतको तुलनामा भाडा बढाएर आलोपालो प्रणाली थालेकाले ढुवानीको लागत बढेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।

व्यवसायीले सुक्खा बन्दरगाहदेखि परवानीपुर, जितपुर र सिमराको पुरानो भाडादरमा ३ हजार ५ सय रुपैयाँका दरले वृद्धि गरेका छन् । यसअघि २० फिटको कन्टेनरमा २२ मेट्रिकटन (मेट) मालसामान परवानीपुरसम्म पु¥याएको भाडा ८ हजार रुपैयाँ थियो । जितपुरसम्मको १० हजार र सिमराको १२ हजार रुपैयाँ तोकिएको थियो । यो भाडा दरमा ३ हजार ५ सय रुपैयाँका दरले वृद्धि भएको छ ।

एक दर्जन व्यवसायीले नयाँ भाडादर तोकेर सूचना निकालेका छन् । भाडा बढाएर आलोपालो लगाएपछि माघ ५ गतेदेखि नयाँ भाडादरमा कन्टेनर ढुवानी भइरहेको छ । सुक्खा बन्दरगाह भन्सारबाट कन्टेनर जाँचपास भएको भोलिपल्ट साँझ ५ बजेसम्म ट्रक खाली नभएमा प्रतिदिन २ हजार रुपैयाँका दरले डिटेन्सन लाग्ने पनि व्यवसायीको सूचनामा उल्लेख छ ।

समुद्रपारबाट भारतीय बन्दरगाह हुँदै वीरगञ्ज सुक्खा बन्दरगाहसम्म ल्याइएका कन्टेनर ढुवानी व्यवसायीले कोरिडोरका उद्योगसम्म पु¥याउँछन् । भारतबाट रेलमार्पmत आएका औद्योगिक कच्चा पदार्थ पनि ट्रकले कोरिडोरका उद्योगसम्म ओसार्छन् ।

ढुवानीमा संलग्न व्यवसायीले आपसमा मिलेमतो गरी भाडा बढाएको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका पूर्वअध्यक्ष अशोककुमार टेमानीले बताए । ‘ढुवानी व्यवसायीको अवैध मिलेमतोले उत्पादनको लागत बढ्ने निश्चित छ ।

सरकारले व्यवसायको आवरणमा मौलाएको दादागिरीविरुद्ध तत्काल कडा कदम चाल्नुपर्छ,’ टेमानीको माग छ । उक्त समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ७ : १७ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले