७ चैत्र २०८२, शनिबार | March 21, 2026

लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप अभियान सुरु, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनालले लगाए पहिलो खोप



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सेपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले पहिलो खोप लगाएर लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप अभियानको आरम्भ गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले अस्पतालका मेसु खनाललाई खोप कार्ड हस्तान्तरण गरेर खोप अभियानको सुरुवात गरेका छन् ।

सरकारको फन्टलाईनका स्वास्थ्यकर्मीबाट खोप लगाउन दिने सरकारको कार्यक्रम अनुसार अस्पतालका अन्य १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले आज खोप लगाएका छन् ।

डा. खनाललाई यस अघि नै गम्भिर प्रकृतिको कारोना संक्रमण भएर निको भएका हुन् ।

उता बाँकेमा भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले खोप लगाएर खोप अभियानको सुरु गरेका छन् ।

लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्राप्त खोप मध्य भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याएको छ।

निर्देशनालयले दिएको जानकारी अनुसार बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध हुने छ भने दाङमा ६ हजार ५ सय ९०, कपिलबस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइएको छ।

त्यसै गरी नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोरोना विरुद्धको खोप पठाईएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ११ : ४० बजे

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको