२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

हिमालय एयरलाइन्स र यती एयरलाइन्सले एक आपसमा सहकार्य गर्ने



काठमाडौं । हिमालय एयरलाइन्स र यती एयरलाइन्सले एक आपसमा व्यापार साझेदारी गर्ने भएका छन ।

दुई कम्पनीले सञ्जाल एकीकरण, बिक्री वृद्धि र दुवै कम्पनीको इ-कमर्स काम क्षमतामा क्रमिक विस्तारको लागि एक आपसमा रणनीतिक साझेदार गर्ने भएका हुन ।

एप्लिकेशन प्रोगामिङ्ग ईन्टरफेस (एपीआई)को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौतामा कम्पनीका प्रतिनिधिहरूले आज हस्ताक्षर गरेका हुन । हिमालय एयरलाइन्सले हाल मध्य पूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यहरूमा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गरिरहेको छ । यस्तै, यती एयरलाइन्सले नेपालभर सञ्जाल बिस्तार गरी विभिन्न आन्तरिक गन्तव्यहरूमा नियमित उडान गर्दै आएको छ ।

सम्झौताअनुसार दुवै कम्पनीले आ-आफ्नो टिकटहरू जारी गर्न, नयाँ सेवाहरूलाई समावेश गर्न, यात्रुहरूलाई टिकट खरीदमा सरलीकृत बनाउन साझेदारी गर्नेछन । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रियाहरू पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्ने कम्पनीहरूले बताएका छन ।

उक्त कार्यक्रममा बोल्दै हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई कम्पनीबीच भएको सहमतिले व्यापारिक साझेदारीको दिशामा पहिलो चरण भएको बताए । यस्तै, यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एयरलाइन्सलाई साझेदारको रूपमा पाउँदा उत्साति बनेको बताए

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ६ : २९ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न