१५ माघ २०८२, बिहिबार | January 30, 2026

हिमालय एयरलाइन्स र यती एयरलाइन्सले एक आपसमा सहकार्य गर्ने



काठमाडौं । हिमालय एयरलाइन्स र यती एयरलाइन्सले एक आपसमा व्यापार साझेदारी गर्ने भएका छन ।

दुई कम्पनीले सञ्जाल एकीकरण, बिक्री वृद्धि र दुवै कम्पनीको इ-कमर्स काम क्षमतामा क्रमिक विस्तारको लागि एक आपसमा रणनीतिक साझेदार गर्ने भएका हुन ।

एप्लिकेशन प्रोगामिङ्ग ईन्टरफेस (एपीआई)को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौतामा कम्पनीका प्रतिनिधिहरूले आज हस्ताक्षर गरेका हुन । हिमालय एयरलाइन्सले हाल मध्य पूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यहरूमा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गरिरहेको छ । यस्तै, यती एयरलाइन्सले नेपालभर सञ्जाल बिस्तार गरी विभिन्न आन्तरिक गन्तव्यहरूमा नियमित उडान गर्दै आएको छ ।

सम्झौताअनुसार दुवै कम्पनीले आ-आफ्नो टिकटहरू जारी गर्न, नयाँ सेवाहरूलाई समावेश गर्न, यात्रुहरूलाई टिकट खरीदमा सरलीकृत बनाउन साझेदारी गर्नेछन । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रियाहरू पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्ने कम्पनीहरूले बताएका छन ।

उक्त कार्यक्रममा बोल्दै हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई कम्पनीबीच भएको सहमतिले व्यापारिक साझेदारीको दिशामा पहिलो चरण भएको बताए । यस्तै, यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एयरलाइन्सलाई साझेदारको रूपमा पाउँदा उत्साति बनेको बताए

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ६ : २९ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला