२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोनाका कारण बन्द भएका उद्योगलाई पुनःकर्जा दिइन्छ : मन्त्री भट्ट



चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्चालनका लागि सरकारले पुनःकर्जा दिने तयारी गरेको बताएका छन् ।

नेपाल इँटा उद्योग महासङ्घको १२औँ साधारणसभालाई बिहीबार सम्बोधन गर्दै मन्त्री भट्टले बन्द भएका उद्योग सञ्चालनका लागि पुनःकर्जा दिने विषयमा छलफल चलिरहेको बताए ।

भट्टले भने, “कोरोनाका कारण बन्द भएका उद्योग सञ्चालनका लागि राज्यले दायित्व बहन गर्छ ।”

सरकारले उद्योग क्षेत्रमा लगाएका कर एकद्वार प्रणाली अवलम्बन गरिने उनले बताए ।

बैशाखमा मध्यावधि निर्वाचन हुने बताउँदै उनले भने, “आफ्नै दलभित्रबाट सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गर्नुपरेको हो । ताजा जनादेशमा जान तोकिएको समयमै निर्वाचन हुन्छ ।”

निर्वाचन हुँदैन भनेर शङ्का नगर्न आग्रह गर्दै उनले थपे, “संसद् विघटनको विषय नौलो होइन अचम्म मान्नु पर्दैन ।”

सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गर्नु परेको भन्दै मन्त्री भट्टले संसद् विघटन परम्परा रहेको बताए ।

विश्वका अन्य देशमा पनि संसद् विघटन भएको भन्दै उहाँले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

कृषिमा विदेशी लगानी भित्र्याउन खोजिएको भन्दै किसानले विरोध गरिरहेका बेला मन्त्री भट्टले बुझाइमा कमजोरी भएका कारण अनावश्यक कुरा बाहिर आएको बताए । उनले भने, “कृषिमा प्रविधि भित्र्याउन खोजिएको हो विदेशी लगानी भित्र्याउन खोजिएको होइन ।”

कृषिमा प्रविधि भित्र्याएर कम लागतमा उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए ।

सो अवसरमा दक्षिण एशियाली मुलुकको साना तथा मझौला फोरमका अध्यक्ष सुरेश प्रधान, नेपाल घरेलु तथा साना उद्योगका अध्यक्ष उमेशप्रसाद सिंह, महासङ्घका प्रथम उपाध्यक्ष एवं चितवन शाखाका अध्यक्ष नारायणप्रसाद सापकोटा, इसिमोडका कार्यक्रम संयोजक विद्या वनमाली प्रधानलगायतले बोलेका थिए ।

साधारणसभा तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ । साधारणसभामा देशभरबाट २५० भन्दाबढी सहभागी भएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ७ : ४२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त