६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

गाई मुद्दा : सुर्खेत मृत गाई पठाउने नेपालगन्ज उपमहानगरलाई उन्मुक्ति, स्थानीय सरकारको आदेशमा सुरक्षा दिने अधिकारीलाई कारवाही



सुर्खेत । नेपालगन्जमा बेवारिसे बनेका गाईलाई नेपालगन्जका जनप्रतिनिधिहरुको सक्रियतामा सुर्खेतको एउटा जङ्गलमा मृत अवस्थामा फालिएको मुद्दामा सुर्खेत जिल्ला अदालतले जनप्रतिनिधिहरुलाइै उन्मुक्ति दिंदै केहि प्रहरी कर्मचारी सहित १० जनालाई कैद सजाय सुनाएको छ ।

गत भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ वटा गाईमध्ये ३७ वटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए ।

जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार मुलुकी अपराध संहिताको २८९ बमोजिम गौहत्याका आरोपीमध्ये १० जनालाई तीन महिनादेखि १६ महिनासम्मको कैद सजाय फैसला गरेको छ ।

नेपालगन्ज उप-नगरपालिकाका नगर प्रमुख डा. धवलसम्सेर जवराकै पहलमा नगरमा बेवारिसे अवस्थामा रहेका गाईहरुलाई सुर्खेत स्थित एक जङ्गलमा छाडेने उद्देश्यले नगर प्रहरीको अगुवाईमा ती गाईहरु सुर्खेत पठाउने क्रममा केहि गाईहरु ट्रकमै मरेपछि बाटोमा पर्ने जङ्गलमा मृत गाई फालिएको थियो ।

उपमहानगरका प्रमुख राणाकै निर्देशन र योजनामा गाई सुर्खेत पठाउने काम भएको भएपनि मेयरलाई उन्मुक्ति दिंदै केहि प्रहरी अधिकारीहरु सहित केहि सर्वसाधारणलाई अदालतले सजाँय सुनाएको छ ।

अदालतले नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीलाई एक वर्ष छ महिना कैद, नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई एक वर्ष कैद, नगर प्रहरी जवान चन्द्रबहादुर राना, सुशान्त शाही, सुवर्ण तारामीमगर र कमल बयकलाई ६र६ महिना कैदको फैसला गरेको छ ।

यस्तै उपमहानगरपालिकाद्वारा सञ्चालित काञ्जी हाउसका कर्मचारी पवनकुमार कनोजियालाई पाँच महिना र कर्मचारीद्वय राकेश भारती र धर्मेन्द्र नेपालीलाई तीनरतीन महिनाको कैद सजाय सुनाइएको छ । नगरपालिकाका फायरम्यान कमल थापामगरलाई पनि तीन महिनाको कैद सजाय सुनाइएको श्रेष्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिए ।

मुख्यरुपमा गाई सुर्खेतको जङ्गलमा पठाउन नीतिगत निर्णय गर्ने नगर प्रमुख राणा र उपप्रमुख उमा थापा सहित अन्य कहि संलग्नहरुले भने उन्मुक्ति पाएका छन् ।

गौहत्यामा प्रतिवादी बनाइएका ढुवानी व्यवसायीसहित सात जनाले भने सफाइ पाएका छन् ।

सफाइ पाउनेहरुमा गाई ओसार्ने काममा संलग्न चितवन क्यारियरका सञ्चालक सन्तृप्त श्रेष्ठ र ट्रक चालकहरु हिमबहादुर जिसी, दामोदर केसी, शत्रुधन चौधरी, सागर विश्वकर्मा र सहचालकहरु विवेक कुँवर, कृष्णबहादुर बिसी रहेका छन् ।

अनुसन्धानको क्रममा पशु ढुवानी मापदण्ड निर्देशिका विपरीत लोड गरेर ढुवानी गर्दा गाईहरु केही निस्सासिएर, केही कुल्चिएर मरेको पाइएको थियो । ट्रकहरुलाई स्कर्टिङ गरेर आएका नगर प्रहरी निरीक्षक बोगटीसहितको टोलीले सुर्खेत–दैलेख सडकको कटकुवा, सुब्बाकुना, ब्यूरेनीलगायतका जंगलमा ट्रक व्याक गर्न लगाएर केही मरेका र केही ज्यूँदै गाईहरुलाई भिरबाट खसालेको अदालतले ठहर गरेको छ । गाई जङ्गल पठाउने निर्णय गर्ने राणामा थि भने केनै प्रक्रिया अगाडी सारिएको छैन ।

फैसला उपर चित्त नबुझे उनीहरुले ७० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने श्रेष्तेदार बाँस्कोटाले बताए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  १० : ३९ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र