१५ असार २०८३, सोमबार | June 30, 2026

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी



नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३ वर्षे कार्यकालका लागि मतदान जारी रहेको छ । एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्रको मेरो प्लानेटमा जारी मतदान मध्यराती १२ बजे सम्ममा सकिने बताइएको छ ।

बहालवाला अध्यक्ष किस्मत कक्षपतीले अध्यक्ष पदमा लागि चुनावी मैदान छाडेपछि नयाँ नेतृत्वका लागि पूर्व अध्यक्ष निरक गुरुङ र बहालवाला अध्यक्ष डिल्ली बिसी चुनाबी मैदानमा उत्रिएका छन् । चुनाबी मैदानमा हामफालेका अध्यक्ष कक्षपतीले परिणाम आफ्नो पक्षमा आउने सम्भावना नदेखेपछि आज अबेर गरेर उम्मेदवारी फिर्ता लिएका थिए । शनिबार साँझ उम्मेदारी परेपनि सर्वसम्मच गराउन भन्दै शनिबार राती र आइतबार दिनभर प्रतिनिधिहरुलाई कुराइएको थियो । शुक्रबार सुरु भएको नवौं अधिवेशनको बन्द सत्र शनिबार सकिएर साँझ ६ बजे सम्ममा उम्मेदवारी दर्ताको काम सकिएको थियो ।

शनिबार निवर्तमान अध्यक्ष कक्षपति, पूर्वअध्यक्ष गुरुङ्ग र निवर्तमान उपाध्यक्ष बिसीले अधिकांश पदमा प्यानलसहित उम्मेदारी दिएका थिए । जिल्ला अधिवेशनमा सर्व सम्मतको प्रयास सफल नभएपछि आइतबार साँझ ७ बजेबाट मतदान सुरु भएको थियो ।

अधिवेशनमा सहभागी एक प्रतिनिधिका अनुसार कक्षपतीले प्रतिनिधिहरु बीच प्रत्यासी गुरुङ्गलाई समर्थन सहित केही आफ्ना पक्षका उम्मेदवारहरुको नाममा मत माग्दै उम्मेदवारी फिर्ताको घोषणा गरेका थिए ।

बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ रहेको तथा गुरुङ्गलाई एमाले केन्द्रीय सदस्य तथा बाँकेका प्रतिनिधिसभा सदस्य सूर्य ढकाललगायतको साथ रहेको बताइएको छ ।

उपाध्यक्षमा बिसी प्यानलबाट प्रदेश सरकारका सामाजिक बिका मन्त्री समेत रहेका रत्न खत्री र कक्षपतीको प्रस्तावमा निरक गुरुङ प्यानलबाट रविन्द्र लम्सालको उम्मेदारी रहेको छ । यसअघि उम्मेदारी दिएका सुमन मल्ल र इन्द्रबहादुर थापाले फिर्ता लिएका छन् । सचिवमा कक्षपतीबाट प्रस्तावित दत्तप्रसाद आचार्य, बिसी प्यानलबाट खिलप्रसाद भुसाल, गुरुङ प्यानलबाट बलराम भट्टराई र स्वतन्त्र भीम वली प्रतिस्पर्धामा छन् ।

उपसचिवमा किशोर थापा, दिपककुमार बर्मा, सोमलाल यादव र समावेशी उपसचिवमा रचना श्रेष्ठ, शारदा बिश्वकर्मा, निर्मला सुनार प्रतिस्पर्धामा छन् । ४६८ जना प्रतिनिधि रहेको अधिवेशनबाट १२० सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ९ : ३५ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै