४ चैत्र २०८२, बुधबार | March 18, 2026

बागलुङमा शान्ति बौद्ध विहार गुम्बाको शिलान्यास



बागलुङ । भूकम्पले क्षति पु¥याएको बागलुङ नगरपालिका-११ रायडाँडास्थित शान्ति बौद्ध विहार गुम्बाको पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ ।

विसं २०७२ को भूकम्पले क्षति पु¥याएको सो बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्न एक महीना अघिबाट शुरु गरेको थियो । जग्गा सम्माउने कार्य सम्पन्न भइसकेपछि बागलुङ नगरपालिका-११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले शिलान्यास गरेका थिए ।

उनले बागलुङमा बुद्धमार्गीको प्रमुख गन्तव्य बनाउने उद्देश्यका साथ गुम्बा निर्माण थालिएको बताए । रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनर्निर्माण प्राधिकरण र शान्ति विहार बौद्ध गुम्बाको साझेदारीमा पुनर्निर्माण शुरु गरिएको छ ।

विसं २०६२ मा स्थापना भएको सो गुम्बा २०७० सालमा विधिवत् दर्ता भएर सञ्चालनमा आए पनि सोही वर्षको भूकम्पले क्षति पु¥याएका कारण पुनर्निर्माण गर्नु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङकी प्रमुख रेणुका पाण्डेले जानकारी दिइन् ।

पाण्डेका अनुसार ६१ लाखको लागतमा ८०० वर्गमिटर गुम्बा पुनर्निर्माण थालिएको हो । ६१ लाखमध्ये प्राधिकरणले ४० लाख र २१ लाख स्थानीय तह तथा श्रमदानबाट जुटाएर निर्माण गरिने बताइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्प प्रतिरोधी गुम्बा निर्माण थालिएको शान्ति बौद्ध विहार गुम्बा राडयाडाँडा निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।

यही असार १० गतेसम्म सक्ने गरी भूकम्प प्रतिरोधी गुम्बा निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता भइसकेको छ । रासस

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : ५८ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन