२६ बैशाख २०८१, बुधबार | May 8, 2024

दोहोरी गाउने कलाकारले बुटवलमा जव शंख फुके, पात बजाए, सुसेली हाले र मैदानमा खेल खेले



बुटवल । दोहोरी गाएर दर्शक तथा श्रोतालाई मनोरन्जन दिने कलाकारहरुले यस पटक बुटवलमा भने फरक कलाकारिता प्रदर्शन गरेका छन् । लुम्बिनी प्रदेशभरीबाट बुटवलमा भेला भएका दोहोरी गितका कलाकारहरुले बुटवलमा भलिबल खेले, ब्याडमिन्टन हाने, पात बजाए, शंख फुके र सुसेली पनि हालेका छन् ।

राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेश शाखाले आयोजना गरेको कलाकार बीच राखिएको विभिन्न प्रतियोगिताहरुमा कलाकारहरुले उत्कृष्ठ प्रदर्शन गरेका छन् ।

खेलकुद प्रतियोगीता तर्फ भलिबल खेलमा रुपन्देहीले लोक दोहोरी प्रतिष्ठान गुल्मीलाई हराउँदै बिजयी हुन सफल भएको छ । आठ जिल्लाका कलाकार खेलाडीहरु बीच भएको खेलमा लोकदोहोरी प्रतिष्ठान रुपन्देहीका भलीबल खेलतर्फ प्रथम भएको हो । उनीहरुले सिल, मेडल, जिउँदो खसी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । लोकदोहोरी प्रतिष्ठान गुल्मी उपबिजेता भएको छ । उपबिजयताले सिल, मेडल, जिउँदो बोका र प्रमाणपत्र हात पारेको छ ।
रुपन्देही र गुल्मी बीच भएको खेलमा गुल्मीलाई सोझो सेटमा तिन जिरो बनाउदै रुपन्देही प्रथम हुन सफल भएको हो ।

भलीबल तर्फ सान्तोना पुरस्कार दाङले हात पारेको थियो ।

ब्याडमिन्टन तर्फ लोकदोहोरी प्रतिष्ठान नवलपरासीका कलाकार प्रथम भएका छन् भने लोकदोहोरी प्रतिष्ठान गुल्मीका खेलाडी दोस्रो भएका छन् । आयोजक लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेको छ ।

बिजयी खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले पुरुसकार तथा प्रमाणपत्र वितरण गरेका थिए । पुरस्कार बितरण गर्दै नगर प्रमुख घिमिरेल कलाकार कलाकार बीच भएको खेलकुद आफैमा महत्वपूर्ण भएको बताए । उनले कलाकारहरु नाच्ने गित गाउने बजाउने मात्र हैन परिआएको खण्डमा खेलकुदमा समेत कम छैन्न भन्ने कुराको उदाहरण प्रस्तुत गरेको बताए ।

लुम्बिनी प्रदेशका अध्यक्ष डिल्ली नारायण पाण्डेले प्रदेश भरीका कलाकार जम्मा गरेर खेलकुद आयोजना गर्न प्रदेश समिति सफल भएको भन्दै यो प्रतियोगिता आयोजना गरेर कलाकार भित्र रहेको फरक क्षेमता समेत बाहिर ल्याउन प्रतियोगिताले भूमिका खेलेको बताए ।

प्रतियोगितामा शँख बजाउने तर्फ बलराम लम्साल प्रथम, कपिल अधिकारी द्धितिय, माधब पान्डे तृतिय र सुर्य प्रसाद पाण्डेले सान्तोना पुरस्कार पाए । पात बजाउने तर्फ ओम ज्ञवाली प्रथम, चेतना थापा दोस्रो र धन बहादुर गुरुङ तृतिय भए । त्यसैगरि सिटी बजाउने तर्फ उज्वल गिरी प्रथम, कपिलदेव अधिकारी द्धितिय र रेसम खनाल तृतिय भए । सुसेली होल्ने तर्फ देवीदत्त सापकोटा प्रथम, नन्दु परियार द्धितिय र राम प्रसाद पौडेल तेस्रो भए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : ०० बजे

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s