२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

नेपाल क्रसर तथा खानी उद्योग महासंघमा सिताराम न्यौपाने विजयी



बुटवल । नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनबाट सिताराम न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नया समिति निवार्चित गरेको छ ।

शनिबार भएको साधारण सभाबाट ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश १ बाट देवराज तामाङ, प्रदेश २ बाटप्रदिप कुमार खड्का, प्रदेश ३ बाट देवराज लुईटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट चद्रमणि अधिकारी, महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशन राज गिरी, सह-सचिवमा मीन बहादुर शाही, कोषाध्यक्षमा याम बहादुर मल्ल, सह-कोषाध्यक्षमा विप्लव हमाल निर्विरोध भएका थिए ।

शनिबार अबेर अध्यक्ष र सदस्य पदमा भने मतदान भएको थियो । जसमा अध्यक्षका उम्मेदवार किरण थापालाई १२ मतले पराजित गर्दै सिताराम न्यौपाने विजयी भएका हुन ।

महासंघको सदस्यमा अमर विक्रम शाहले ६२, बेचन शर्मा ठाकुरले ६८, विकास नारायण श्रेष्ठले ५२, केदार गिरिले ६४, सरोज कुवरले ६२, शारदाप्रसाद ढकालले ४६, शंकर न्यौपानेले ४८ मत ल्याएर विजयी भएका प्रमुख निर्वाचन अधिकृत जगदिश बमले बताए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : ०६ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो