१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

उपत्यकामा बर्डफ्लु : कुखुराको मासुको मूल्य घट्यो



काठमाडौं । उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ ।

पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस र टर्कीमा शनिवार बर्डफ्लु संक्रमण भएको पुष्टि भएको थियो ।

बन्दाबन्दी खुलेसँगै निरन्तर रूपमा बढिरहेको कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ७० रुपैयाँसम्म पुगेको थियो । शनिवार तारकेश्वरमा बर्डफ्लुको संक्रमण देखिएसँगै कुखुराको मासुको मूल्य घट्दै प्रतिकिलो ३ सय ५० रुपैयाँमा झरेको बताइएको छ ।

मासु व्यवसायी संघले भने मासुको मूल्य घट्नुमा बर्डफ्लुमात्रै कारण नभएको दाबी गरेको छ । संघका अध्यक्ष जंगबहादुर बीसीले अहिलेसम्म कुखुरामा संक्रमण नदेखिएकाले उपभोक्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् । यो रोग मानिसँग सम्बद्ध नभई पक्षीजन्य रोग भएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको उनले बताए ।

मासुको मूल्य घटेसँगै कुखुरापालक किसानहरू त्रस्त भएका छन् । कोरोना महामारीका कारण लामो समयसम्म थला परेको पोल्ट्री व्यवसायले लय समातिरहेका बेला बर्डफ्लु भित्रिनु किसानका लागि थप चिन्ताको विषय बनेको सरोकारवालाहरूले बताएका छन् । कुखुरामा संक्रमण पुष्टि भइनसेकाले किसानहरूलाई हतास नहुन पोल्ट्री व्यवसायी महासंघले आग्रह गरेको छ । उक्त समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ७ : १२ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको