१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आयोगलाई अप्ठेरोमा नपार्न राजनीतिक दलहरुलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको सुझाव



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ ।

निर्वाचन आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरुसँग नै भएकोले निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्न नहुने बताए । राजनीतिक निकाश हुनसाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रुपमा तयार रहेको आयोगले जनाएको उनले बताए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरुले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म निर्वाचनको तयारी पूर्ण रुपमा नहुने भन्दै उपे्रतीले विभाजित मनस्थितिमा रहेको दल विभाजित हुने हो भने विभाजनको प्रक्रियामा गएर निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने धारणा राखे । दलीय समस्या समाधान गरेर चुनावमा जानुपर्ने र त्यो गर्नसक्ने क्षमता निर्वाचन आयोगसँग रहेको उनको भनाई छ । राजनीतिक दलहरुले आफ्नो मुद्दालाई निर्वाचन आयोगको टाउकोमा हाल्नु नहुने उनले बताए ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग आयोगले अहिलेसम्म गरेको निर्वाचनको तयारीको सम्बन्धमा जानकारी गराएको बताए । धमलाले प्रमुख निर्वाचन आयुक्तहरुसँगको आयोगको छलफल नियमित भेटघाटको रुपमा रहेको स्पष्ट पारे । सहायक प्रवक्ता धमलाले निर्वाचनको तयारी अघि बढिरहेको बताए । मतदाता नामावली अद्यावद्यिकको काम तथा मतदान केन्द्रको विषयमा काम भइरहेको उनको भनाइ छ ।

कतिपय निर्वाचन सामाग्री मौज्दात रहेको र कतिपय खरिद गर्नुपर्ने उनले जनाए । सहायक प्रवक्ता धमलाले घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्राविधिक रुपमा तयार रहेको पनि बताए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ५ : २२ बजे

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी