३ आश्विन २०८३, शनिबार | September 19, 2026

देवघाटको त्रिकोणात्मक पुलका लागि बजेट अभाव



चितवन । पवित्र तीर्थस्थल देवघाटमा निर्माणाधीन त्रिकोणात्मक पुलका लागि बजेट अभाव भएको छ ।

चार वर्षदेखि निर्माणका प्रक्रियामा रहेको सो पुलका लागि बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकिएको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ ।

डिभिजनका आयोजना प्रमुख इन्जिनियर कुमार थापाले पुल निर्माणका लागि ८३ करोड रुपैयाँ हाराहारी खर्च हुने जानकारी दिए । उनका अनुसार डिभिजनले परामर्शदाता कम्पनीमार्फत नक्सांकनको काम सम्पन्न भई वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

अर्थ मन्त्रालयसँग परामर्श गरेर बजेट सुनिश्चितता भएपछि मात्रै काम अगाडि बढाउने उनको भनाइ छ । डिभिजनले पुल निर्माणलाई आफ्नो कार्यक्रममा समावेश गरेको छ । अर्थले बजेट सुनिश्चित गरेमा आउँदो आर्थिक वर्षको सुरुमा नै बोलपत्र आह्वान गर्न सकिने उनको भनाइ छ । यस कार्यालयले झोलुंगे पुलको काम गर्दै आएको छ ।

डिभिजनका सिनियर डिभिजनल इन्जिनियर हुमाकान्त मिश्रका अनुसार पुलको बीचको पिलरबाट तीनैतर्फ लम्बाइ १९०/१९० मिटर छ । तीनैतर्फको जोडेर पुलको कुल लम्बाइ ५७० मिटर हुनेछ ।

चितवनतर्फ बीचमा ठूलो एउटा पिलर रहन्छ भने पुलले चितवन, नवलपरासी र तनहुँलाई जोड्द छ । पुल २.४ मिटर फराकिलो हुन्छ । उनले अहिले प्रचलनमा भइरहेका झोलुंगे पुलभन्दा दोब्बर फराकिलो हुने जानकारी दिए । आकर्षक उच्चस्तरको स्टिलको प्रयोग गरेर आर्च पुल बनाउन लागिएको हो ।

धार्मिक पर्यटक भित्र्याउने प्रमुख उद्देश्यका साथ पवित्र तीर्थस्थल देवघाटमा तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको परिकल्पना गरिएको थियो । चार वर्षअघि तत्कालीन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले समितिका तर्फबाट पुल निर्माणका लागि पहल थालेका थिए । उनले भने, ‘‘हामी निरन्तर लागिरहेका छौँ, केही दिनमा काठमाडौं गएर सम्बन्धित निकायमा अनुरोध गर्दैछौँ ।’’ यो पुल रकमका कारण रोक्न नहुने जनाउँदै उनले देवघाटलाई विश्वसामु चिनाउन पुल सार्थक हुने बताए ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले पुल निर्माणका लागि पहल भइरहेको जानकारी दिए । ठूलो रकम खर्च हुने भएकाले उच्चस्तरमा राजनीतिक र प्रशासनिक क्षेत्रमा पुलको महत्वको बारेमा बुझाउने काम भइरहेको बताए । उनले भने, ‘‘मलाई विश्वास छ, छिट्टै पुल निर्माण अघि बढ्छ ।’’

देवघाट विश्वका हिन्दुहरुका लागि पवित्र तीर्थस्थल हो । देवघाटबाट बढी पर्यटक आउने सौराहा, लुम्बिनी, पोखरा र पशुपति क्षेत्र पनि निकट रहेको छ ।

ती क्षेत्रमा आउने धार्मिक पर्यटकलाई देवघाट भित्र्याउनका लागि बन्न लागेको पुल सार्थक हुने अपेक्षा गरिएको छ । धार्मिक क्षेत्रमा आकर्षक पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ४२ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज