६ बैशाख २०८१, बिहिबार | April 18, 2024

राष्ट्रिय गौरवको भेरी-बबई डाईभर्सन आयोजनाका श्रमिकहरु आन्दोलनमा, १ वर्ष देखि पारिश्रमिक नपाएको गुनासो



सुर्खेत । सरकारले घोषणा गरेको राष्ट्रिय गौरवको आयोजना मध्य एक प्रमुख भेरी(बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका श्रमिकले पारिश्रमिक नपाएको भन्दै आन्दोलन थालेका छन् । उनीहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलन शुरु गरेका हुन् ।

आयोजना परामर्शदाता महाव घोड्स इन एशोसियशन वीथ (इकोकोड) नेपालको तर्फबाट काम गर्ने श्रमिकले पारिश्रमिक नपाएका कारण आन्दोलन गर्नुपरेको श्रमिकहरुले बताए ।

गत असार २२ गते रोजगारदाता र श्रमिकवीच एक वर्षको बाँकी पारिश्रमिक एक महिनाभित्र भुक्तानी गर्ने मौखिक सहमति बिपरित रोजगारदाता कम्पनीले हालसम्म भुक्तानी नदिएको उनीहरुले भनाइ छ ।

आन्दोलरत श्रमिक प्रविन यादवले रोजगारदातासँग बक्यौता पारिश्रमिक दिन ६ पटकसम्म लिखित अनुरोध गर्दा समेत सुनुवाई नभएपछि आन्दोलन गर्नु परेको बताए ।

बक्यौता रकम भुक्तानी गर्ने सम्झौता गरेको पाँच महिना बितिसक्दा समेत रोजगारदाताले बेवास्ता गरेको श्रमिकहरुको भनाई छ ।

श्रमिकहरुले आयोजनाको कार्यालय अगाडि सोमबारदेखि चरणबद्ध आन्दोलन शुरु गरेका हुन् ।

आयोजनाका इञ्जिनियर प्रदिप खनालले ११ महिनासम्म पनि रकम नपाउँदा खाने बस्ने खर्च समेत नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । श्रमिकहरुले पहिलो चरणमा कामलाई प्रभावित नपर्ने गरि साँकेतिक आन्दोलन गरेको र माग पुरा नभएर कामकाज नै रोकिने गरि पनि आन्दोलन हुन सक्ने चेतावनी दिए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : १३ बजे

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम

सुदूरपश्चिममा दीर्घ सोडारीलाई समर्थन गर्न एमाले तयार

धनगढी । सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा

समृद्धी सलोन एण्ड एकेडेमीको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

बुटवल । बुटवलमा विगत ८ वर्षदेखि हेयर डिजाइन तथा सौन्दर्य

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा