३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानमन्त्री ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको प्रचण्डको आरोप



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वजनमुक्ति सेनाहरुलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताएका छन् ।

बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बर्हिगमित तथा स्वेच्छिक अवकासमा परेका पूर्व जनमुक्ति सेनाहरुलाई पार्टीमा समायोजन गर्ने गरी विशेष प्रदेश कमिटी बनाउने बताएका हुन् ।

प्रचण्डले जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनक रुपमा समायोजन गर्ने नीतिगत निर्णय आफुले गरेको भएपनि तल्लो तहसम्म उचित जिम्मेवारी पाए नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मआलोचना समेत गरे ।

अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सम्मानमा जनयुद्दका कमाण्डरहरुलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको पनि स्मरण गरे ।

अध्यक्ष प्रचण्डले आफु पहिलोपल्ट प्रधानमन्त्री हुँदा जनयुद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय शहीद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्र साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भएपनि उक्त निर्णय लुकाईएको बताए ।

प्रचण्डले जनयुद्धको घाइतेहरुलाई उपचार खर्च बढाउन, जनजीविकाका लागि राहत दिलाउन सरकारसँग पटक–पटक आग्रह गरेपनि अस्वीकार गरेको पनि दावी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उनले कुनैभ्रममा नपर्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले सबै बर्हिगमित जनमुक्ति सेनालाई एकैठाउँमा ल्याउनुपर्ने धारणा राखे । केही महिनाभित्रै प्रतिगमनविरुद्दको आन्दोलन जित्ने र जितपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पुरा गर्ने भएकाले नआत्तिन आग्रहसमेत गरे ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ५ : १७ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,