८ चैत्र २०८२, आइतबार | March 22, 2026

धनगढी, सुर्खेत, पोखरा लगायतका स्थानमा आन्दोलनकारी र ओली समर्थक युवाहरु आमने सामने



बुटवल । नेकपा प्रचण्ड-नेपाल पक्षले आम हडतालको आह्वान गरेको प्रतिकार गर्न पोखरा, सुर्खेत र धनगढीमा ओली पक्षले पनि कार्यकर्ताहरुलाई सडकमा उतारेको छ । सुदुरपश्चिम प्रदेशको धनगढी, गण्डकी प्रदेशको पोखरा लगायतका क्षेत्रमा बन्दको प्रतिकार स्वरुप ओली पक्षले कार्यकर्ताहरुलाई सडकमा उतारेको हो ।

पंचायती ब्यवस्थामा दरकारका समर्थकमा निस्कने प्रतिकार -यालीकै शैलीमा कार्यकर्ताहरुलाई बन्दका विरुद्ध सडमा उतारेपछि प्रहरीलाई सुरक्षा ब्यवस्था सम्हाल्न हम्मे हम्मे परेको थियो ।

कैलालीको धनगढीमा दुई समुह आमुने सामुने भएका थिए भने पोखराको पृथ्वी चौकमा दुबै पक्षका बीच जम्का भेट भएको थियो । सुर्खेतमा ओली पक्षीय युवा बिद्यार्थीहरुले मोटरसाईकल -याली निकालेका थिए । प्रचण्ड-नेपाल पक्षले आज गरेको आमहडतालको पक्ष र बिपक्षमा कार्यकर्ताहरु आमने–सामने भएपछि दुबै स्थानमा केहि बेर अवस्था तनावपूर्ण बनेको थियो ।

दुबै पक्षएल एक अर्का बिरुद्द चर्को नाराबाजी गरेका थिए । उनीहरु एकै ठाउँमा उभिएर नाराबाजी गर्न प्रहरीले दुबै पक्षका कार्यकर्ताहरुलाई फरक फरक रुटबाट पठाएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ३ : ५२ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।