९ भदौ २०८३, मंगलबार | August 26, 2026

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा अन्नपूूर्ण गाउँपालिकाले विनियोजन गरेको रु २७ लाख र गण्डकी प्रदेश सरकारको रु पाँच लाख बजेटबाट साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय, बसपार्क निर्माण भएको हो ।

अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले पुनहिल-घोडेपानी क्षेत्रको पर्यटन पूर्वाधार विस्तारका लागि बजेट बिनियोजन भएका सबै योजना कार्यान्वयन भएका जानकारी दिए ।

“घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले सहायक गन्तव्यको पहिचान र पूर्वाधार विस्तारको कामलाई निरन्तरता दिएका छौँ”, उनले भने, “विस्तार भएका पूर्वाधारले पर्यटकलाई सहज हुनेछ ।”

अन्नपूर्ण गाउँपालिकाले चालु आव २०८२/०८३ मा विनियोजन गरेको रु छ लाख बजेटबाट पुनहिलदेखि लुङलुङ सिद्ध, लालीगुराँसपार्क हुँदै घोडेपानीको फलेघर जोड्ने चार किलोमिटर साइकल मार्ग निर्माण भएको छ ।

समुुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलदेखि हिमाल हेर्दै गुराँसे जङ्गलभित्र साइकलमा साहासिक र रोमाञ्चक यात्रा गर्न पाइन्छ । गाउँपालिकाको रु १४ लाख बजेटबाट लालीगुराँस पार्क जोड्ने पदमार्ग, प्रवेशद्वार र सार्वजनिक शौचालय निर्माण भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष रनबहादुर पुनले पदमार्गको हिलो हुने ठाउँमा करिब ३०० मिटर ढलान गरेर पक्की पदमार्ग बनाइएको बताए । यसैगरी रु चार लाख बजेटबाट देउराली डाडाँमा ४० मिटर ढुङ्गा बिछ्याएर पदमार्ग बनाइएको छ । रु तीन लाख बजेटबाट तल्लो घोडेपानीमा बसपार्क निर्माण भएको छ । समुदायको अगुवाइमा यसै वर्ष घोडेपानी हुँदै कास्कीको उल्लेरी सडक सञ्जालमा जोडिएको थियो ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु पाँच लाख बजेटबाट घोडेपानीदेखि घान्द्रुक जाने पदमार्ग निर्माण योजना पनि सम्पन्न भएको वडाध्यक्ष खड्काले जानकारी दिए । गण्डकी प्रदेश सरकारको रु तीन करोड बजेटबाट चित्रेदेखि घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल गर्ने योजना निर्माणाधिन छ ।

घोडेपानी र पुनहिल क्षेत्रलाई केन्द्रित गरेर यसअघि लालीगुराँस पार्क, पेरीभारानी ताल जोड्ने घोडा मार्ग सञ्चालन गरिएको थियो । सडकका कारण पुराना पदमार्ग विस्थापित भएको अवस्थामा पर्यटकको बसाई लम्बाउनका लागि पर्यटकको चाहनाअनुसार राम्चे-काफलडाँडा, हिस्तान टिकोट, शिख, खिवाङ जोड्ने साइकलमार्गको पनि सम्भाव्यता अध्ययन गरिएको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका घोडेपानीका बासिन्दा डमबहादुर पुनले बताए ।

घोडेपानीदेखि ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुुगिने पुुनहिलबाट गुर्जा, पुथा, मानापाथी, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिन्छ । घोडेपानी-पुनहिल विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ८ : ३४ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त