१ पुस २०८२, मंगलबार | December 16, 2025

संवैधानिक निकायको नियुक्ति विरुद्ध परेको रिटको आज सुनुवाइ हुँदै



काठमाडौं । संसदीय सुनुवाई नगरि संवैधानिक निकायमा गरेका पदाधिकारी नियुक्ति असंवैधानिक भएको दाबी गर्दै प्रतिनिनिधिसभाका सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ आज हुने भएको छ ।

सभामुख सापकोटाले गत शुक्रबार दायर गराएको रिटमा संसदीय सुनुवाइ बिना गरिएको नियुक्ति असंवैधानीक भएको भन्दै नियुक्ति कार्यान्वयन नगराउन परमादेश सहितको माग गरिएको थियो । शुक्रबार दर्ता भएको रिट निबेदन उपर सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा आज सुनुवाइ हुने भएको हो।

सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस सक्कल सहित फिर्ता पठाएका थिए।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिका प्रक्रियाहरु पुरा नगरि गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्ति दिनुका साथै सपथ समेत गराएका थिए ।

राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्का अध्यक्ष रहने प्रधानमन्त्री, सदस्यहरु प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्ष तथा विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलगायत ३९ जनालाई विपक्षी बनाइ सभामुख सापकोटाले रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका थिए ।

निक्तिको विरोधमा प्रचण्ड(नेपाल पक्षको नेकपा सहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजसमेतले आन्दोलन गरिरहेका छन्।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १२ : २८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज