१८ श्रावण २०८३, सोमबार | August 3, 2026

एक महिनामा नयाँ सवारी अनुमतिपत्रको फारम भर्नेको संख्या ५ लाख



काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्रका लागि अनलाईन फारम भर्ने ब्यवस्था मिलाईएपछि आवेदकहरुको संख्या ठूलो संख्यामा बृद्दि भएको छ । आईतबार सम्ममा नयाँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयमार्फत सवारी अनुमतिपत्रको परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भर्ने क्रम जारी छ ।

गत वर्षको चैतदेखि कोरोना भाइरसका कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिन स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागले जनाएको छ ।

१० महिनाको फरम बन्दको मौकामा विभागले यातायात विभागलाई डिजिटिलाईज गर्दै घरमै बसेर फारम भर्न मिल्ने ब्यवस्था गरेको छ । विभागका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी विभागले व्यवस्था मिलाइएको छ ।

कोरोना भाइरसबाट सुरक्षित हुँदै असारदेखि कार्यालय संचालनमा आउँदा चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखेपनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा भने अवरुद्ध गरेको थियो ।

संविधानअनुसार यातायातसम्बन्धी जिम्मेवारी सङ्घ र प्रदेशमा बाँडिएपछि कार्यालयहरु नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । अहिले विभागले चालक अनुमतिपत्रको सर्भरको काम र छपाइको काम गरिरहेको छ भने कार्यालयहरुले अनुमतिपत्रको परीक्षा सञ्चालन, वितरण र नवीकरण गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ९ : ०३ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क