१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बिना सुचना महाकालीमा भारतले पानी छोडेपछि मुस्किलले बाँचे १६ नेपाली



महेन्द्रनगर । भारतले नेपाली भूभाग मिच्दै बनाएको टनकपुर बाँधबाट पूर्वसुचना बिना खोलिदिँदा कञ्चनपुरका १६ जना नेपाली मृत्युको नजिकै पुगेर बाँचेका छन् । भारतको टनकपुर स्थित रहेको एनएचपिसिद्धारा पावर हाउस सफा गर्न भन्दै बिना सुचना टनकपुर पावर हाउसको पानी महाकाली नदीमा छोडिदिंदा कञ्चनपुर भिमदत्त नगरपालिका-१२ भुजेलाघाटमा मलामी गएका कम्तीमा २० जना नेपालीहरु महाकालीको बिचभागमा रहेको टापुमा फंसेका थिए ।

महाकालीको बिचमा पुगेर दाहसंस्कार गरिरहेकै बेला एक्कासी महाकाली नदिमा पानीको बहाव बढेर टापु पुरीन थालेपछि उनीहरुले टापुबाटै हारगुहार गरेका थिए । टापुमा अलपत्र परेका १६ जनालाई प्रहरीले उद्दार गरेको छ । महाकाली बिचको टापु मा फसेको भन्ने खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट प्रहरी निरिक्ष्क ज्ञानेन्द्रबहादुर सिंहको कमाण्डमा टोलि पठाईएको टोलि घटनास्थल पुगेको थियो । विपद व्यवस्थापन महेन्द्रनगरको १० जना सहितको टोलिले टापुमा फंसेका १६ जनालाई उद्दार गरेको थियो भने केहि स्थानीय पौडी खेलेर आफ्नो ज्यान बचाएका थिए ।

पावरहाउसबाट पूर्वसुचना बिना पानी खेलिदिँदा टापुमा फंसेकाहरु मृत्युकै मुखमा पुगेर बाँच्न सफल भएको कन्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए । समयमा प्रहरी नपुगेको भए ज्यान बचाउन नदीमा हामफालेर केहिको ज्यान पनि जान सक्ने अवस्था रहेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : २८ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना