१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भारतमा हिमनदी विस्फोटपछि भएको जनधनको क्षतिप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त



काठमाडौं । भारतको उत्तराखण्डमा हिमनदी विस्फोटमा परेर भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्याण्डलमार्फत सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गरेकी हुन् । भण्डारीले शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले हिमनदी विस्फोटको घटनाबाट जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरु बीच अझ बलियो समन्वय आवश्यक भएको समेत जनाएकी छिन् ।

‘मित्रराष्ट्र भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दुस्ख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । यस घटनाबाट जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरू बीच अझ बलियो समन्वय जरुरी देखिएको छ।’

केही दिनअघि भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा ग्लेसियर विस्फोट हुँदा धौलीगंगा नदीमा आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : ३४ बजे

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ