२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सबैतिरबाट पराजित भएपछि ओली पशुपतिको शरणमा पुगे : झलनाथ खनाल



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली राजनीतिक रुपले पराजित भैसकेको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित वृहत विरोधसभालाई सम्बोधन गर्दैै वरिष्ठ नेता खनालले ओली सैद्धान्तिक रुपमा पराजित भएका कारण पशुपतिमा पुगेर संकल्प पूजा गर्ने अवस्थामा पुगेको बताएका हुन् । खनालले भने, ‘ओलीलाई अब माक्र्सवाद र विज्ञानमाथि विश्वास छैन भविष्यप्रति विश्वास छैन त्यसैले पशुपतिमा मूर्तिमाथि विश्वास छ ।’

खनालले प्रगितमन र ओलीको निरंकुशता विरुद्धको आन्दोलन सफल नबनाइ नेकपाले विश्राम नलिने प्रतिवद्धता जनाए । उनले सबै राजनीतिक दल र शक्तिलाई संयुक्त आन्दोलनमा सहभागी हुन अपिल समेत गरे ।

‘हामी स्थायित्वका लागि लडिरहेका छौ । हाम्रो बाटो समाजवाद हो । ५८ वर्ष लगाएर सामन्तवादलाई समाप्त पार्यौं । १० वर्ष लगाएर राम्रो संविधान बनायौं । त्यो संविधान आज ओलीले भत्काएका छन् ।’, खनालले थपे, ‘यो आन्दोलन नेकपाको दुई गुटको आन्दोलन हैन, यो प्रतिक्रान्ति विद्धको आन्दोलन हो । यो अर्को क्रान्ति हो । यो सबै नेपाली जनताको आन्दोलन हो । प्रतिगमन विरुद्ध हामी अर्को क्रान्ति गर्दैछौं । तानाशाही गुटका विरुद्ध सिंगो देशको आन्दोलन हो । आउनुहोस त्यसैले सबै मिलेर आन्दोलन गरौं ।’

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : ५१ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,