१६ असार २०८३, मंगलबार | June 30, 2026

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश



काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्टेडियममा आज सम्पन्न खेलमा मोरक्कोले नेदरल्यान्डसलाई पेनाल्टी सुटआउटमा ३-२ गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको हो ।

पराजयसँगै नेदरल्यान्ड्स विश्वकपबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सले सुरुआती गोल गर्दा मोरक्कोको प्रहार भने बाहिरिएको थियो । नेदरल्यान्ड्सको प्रहार असफल हुँदा मोरक्कोले गोल गर्यो । दुवै टोलीका एक प्रहार सफल भए र एक प्रहार विफल भए । अन्तिममा नेदरल्यान्ड्सको प्रहार मोरक्को गोलकिपरले बचाउँदा यता मोरक्कोले निर्णायक गोल गर्यो ।

त्यसअघि खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा दुवै टोलीले १-१ गोलको बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो ।

खेलको ७२ औँ मिनेटमा नेदरल्यान्ड्सले पहिलो अग्रता लिएको थियो । उसका लागि कोडी गाक्पोकोले गोल गरे । उनले क्राइसेन्सियो समरभिलको पासमा गोल गरेर खेलमा पहिलो अग्रता लिएका थिए ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा मोरक्कोले बराबरी गोल फर्कायो । मोरक्कोका इसा डिओपले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् । नेदरल्यान्ड्स जित नजिक पुगेका बेला मोरक्कोले बराबरी गोल फर्काएपछि खेल निकै रोमाञ्चक बनेको थियो ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १२ : ०० बजे

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ