१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बीमाबारे सचेतना फैलाउन ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन हुँदै



काठमाडौं–बीमामा नेपालीको पहुँच बढाउने उद्देश्यले राष्ट्रव्यापी अभियान चलाइने भएको छ ।

लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका युवा र केही बीमा विज्ञको सक्रियतामा स्थापित नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटीले सातै प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर ‘घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान’ सञ्चालन गर्न लागेको हो ।

बीमा सचेतना बढाउने, बिमाको पहुँचबाहिर रहेका नागरिकलाई बीमाको पहुँचमा ल्याउने, बिमालक्षित सरकारी योजनामा सहयोग पुर्याउने र सामाजिक सुरक्षा प्रवर्धन गर्ने उद्देश्यले सुरु हुन लागेको अभियानको उद्घाटन चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट गरिने एनसिसकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताइन् ।

करिब ५५ हजार जनसंख्या रहेको उक्त नगरपालिकाका बहुसंख्यक नागरिकले बीमा साक्षरताको अभावमा बीमा नगरेको र बीमा कम्पनीका शाखासमेत नभएकाले सोही ठाउँबाट अभियानको उद्घाटन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

अभियानको पहिलो चरणअन्तर्गत धुनषाको सबैला नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, मोरङको कोशी हरैंचा नगरपालिका, झापाको कनकाई नगरपालिका, काभ्रेको पनौती नगरपालिका र धादिङको रि गाउँपालिकामा कार्यक्रम हुनेछ । कार्यक्रम गर्ने स्थानीय तहमा पुगेर पूर्वअध्ययनपश्चात् प्राथमिकता निर्धारण गरिने उनले बताइन् ।

उद्घाटनपछि हुने सबै कार्यक्रम घुम्ती ट्रकमार्फत गरिने आयोजकले जनाएको छ । ‘भिडियो अन ह्विल कन्सेप्टबाट अगाडि बढ्ने गरी तयारी अघि बढाइएको छ,’ एनसिसका सल्लाहकार एवं बीमा विज्ञ डा. रविन्द्र घिमिरेले भने, ‘त्यसक्रममा सचेतनामूलक श्रव्यदृश्य सामग्री, सडक नाटक, विज्ञका विचार र कालाकारमार्फत प्रस्तुति दिएर बीमा नगरेका नागरिकलाई बीमा गर्न अभिपे्ररित गरिनेछ ।’

अभियानका सल्लाहकार एवं नेपाल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक विक्रान्त पाण्डेका अनुसार घुम्ती बीमा कार्यक्रम हुने स्थानमै बीमा गर्ने सुविधासम्म प्रदान गरिनेछ । ‘निर्जीवन बीमाका लागि कार्यक्रमस्थलमै टेलरमेड पोलिसीमार्फत बीमा गर्न सकिने गरी कार्यक्रम सेट गरिएको छ,’ पाण्डेले भने, ‘यो कार्यक्रम नेपालमा नयाँ र उपलब्धिमूलक हुने हाम्रो विश्वास छ ।’

नेपालमा बिमा सेवा सुरुवात भएको ६८ वर्षसम्म कुल जनसंख्याको ७ प्रतिशतमात्र नागरिक बीमाको पहुँचमा थिए । दुई वर्षयता १० प्रतिशत वृद्धि भएर पुससम्ममा १७ प्रतिशत पुगेको छ । बीमा समितिमा आएको नयाँ नेतृत्वले गरेका संरचनागत तथा प्रक्रियागत सुधारका कारण बिमाको दायरा दुई वर्षमै १४३ प्रतिशत बढेको हो ।

‘हाम्रो पहल यो प्रतिशतलाई अबको दुई वर्षमा २५ प्रतिशत नघाउनेमा केन्द्रित हुनेछ,’ एनसिसका निर्देशक डुन्डुराज आचार्य (डीआर)ले भने, ‘सरकार र बिमा समितिलाई सघाउनु नै अभियानको मूल उद्देश्य हो ।’
बिमामा नेपालीको पहुँच बढाउन बिमा समितिले नै पनि जनप्रतिनिधिसम्म पुगेर चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ५८ बजे

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज