१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बीमाबारे सचेतना फैलाउन ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन हुँदै



काठमाडौं–बीमामा नेपालीको पहुँच बढाउने उद्देश्यले राष्ट्रव्यापी अभियान चलाइने भएको छ ।

लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका युवा र केही बीमा विज्ञको सक्रियतामा स्थापित नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटीले सातै प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर ‘घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान’ सञ्चालन गर्न लागेको हो ।

बीमा सचेतना बढाउने, बिमाको पहुँचबाहिर रहेका नागरिकलाई बीमाको पहुँचमा ल्याउने, बिमालक्षित सरकारी योजनामा सहयोग पुर्याउने र सामाजिक सुरक्षा प्रवर्धन गर्ने उद्देश्यले सुरु हुन लागेको अभियानको उद्घाटन चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट गरिने एनसिसकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताइन् ।

करिब ५५ हजार जनसंख्या रहेको उक्त नगरपालिकाका बहुसंख्यक नागरिकले बीमा साक्षरताको अभावमा बीमा नगरेको र बीमा कम्पनीका शाखासमेत नभएकाले सोही ठाउँबाट अभियानको उद्घाटन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

अभियानको पहिलो चरणअन्तर्गत धुनषाको सबैला नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, मोरङको कोशी हरैंचा नगरपालिका, झापाको कनकाई नगरपालिका, काभ्रेको पनौती नगरपालिका र धादिङको रि गाउँपालिकामा कार्यक्रम हुनेछ । कार्यक्रम गर्ने स्थानीय तहमा पुगेर पूर्वअध्ययनपश्चात् प्राथमिकता निर्धारण गरिने उनले बताइन् ।

उद्घाटनपछि हुने सबै कार्यक्रम घुम्ती ट्रकमार्फत गरिने आयोजकले जनाएको छ । ‘भिडियो अन ह्विल कन्सेप्टबाट अगाडि बढ्ने गरी तयारी अघि बढाइएको छ,’ एनसिसका सल्लाहकार एवं बीमा विज्ञ डा. रविन्द्र घिमिरेले भने, ‘त्यसक्रममा सचेतनामूलक श्रव्यदृश्य सामग्री, सडक नाटक, विज्ञका विचार र कालाकारमार्फत प्रस्तुति दिएर बीमा नगरेका नागरिकलाई बीमा गर्न अभिपे्ररित गरिनेछ ।’

अभियानका सल्लाहकार एवं नेपाल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक विक्रान्त पाण्डेका अनुसार घुम्ती बीमा कार्यक्रम हुने स्थानमै बीमा गर्ने सुविधासम्म प्रदान गरिनेछ । ‘निर्जीवन बीमाका लागि कार्यक्रमस्थलमै टेलरमेड पोलिसीमार्फत बीमा गर्न सकिने गरी कार्यक्रम सेट गरिएको छ,’ पाण्डेले भने, ‘यो कार्यक्रम नेपालमा नयाँ र उपलब्धिमूलक हुने हाम्रो विश्वास छ ।’

नेपालमा बिमा सेवा सुरुवात भएको ६८ वर्षसम्म कुल जनसंख्याको ७ प्रतिशतमात्र नागरिक बीमाको पहुँचमा थिए । दुई वर्षयता १० प्रतिशत वृद्धि भएर पुससम्ममा १७ प्रतिशत पुगेको छ । बीमा समितिमा आएको नयाँ नेतृत्वले गरेका संरचनागत तथा प्रक्रियागत सुधारका कारण बिमाको दायरा दुई वर्षमै १४३ प्रतिशत बढेको हो ।

‘हाम्रो पहल यो प्रतिशतलाई अबको दुई वर्षमा २५ प्रतिशत नघाउनेमा केन्द्रित हुनेछ,’ एनसिसका निर्देशक डुन्डुराज आचार्य (डीआर)ले भने, ‘सरकार र बिमा समितिलाई सघाउनु नै अभियानको मूल उद्देश्य हो ।’
बिमामा नेपालीको पहुँच बढाउन बिमा समितिले नै पनि जनप्रतिनिधिसम्म पुगेर चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ५८ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको