१ पुस २०८२, मंगलबार | December 16, 2025

रिहा भएपछि झाँक्रीले भनिन : राष्ट्रपतिप्रति दिएको अभिव्यक्तिमा कुनै पश्चाताप छैन



काठमाडौं । पाँच घण्टा प्रहरी हिरासतमा बसेर रिहा भएकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपतिबारे आफुले दिएको अभिव्यक्तिमा कुनै पश्चाताप नभएको बताएकी छिन् ।

प्रहरी हिरासतबाट रिहाइपछि झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफुले टिप्पणी गरेको भन्दै त्यसमा कुनै पश्चात्ताप नभएको बताएकी हुन् । संवैधानिक राष्ट्रपतिको संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको बताउँदै झाँक्रीले त्यो पदमा रहने व्यक्तिका क्रियाकलापको आलोचना गर्दा कुनै पश्चात्ताप नहुने प्रष्ट पारिन ।

झाँक्रीले आफु लोकतन्त्रको पक्षमा सधैंभर लडिरहेको बताउँदै संविधान र लोकतन्त्रको धज्जी उडाउनेहरु विरुद्ध बोलिरहने प्रतिवद्धता जनाइन । उनले भनिन, ‘जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।’

नेतृ झाँक्रीले ठूलो आन्दोलन र लडाईंले स्थापित गरेको राष्ट्रपति संस्थाप्रति सधैं सम्मान रहिरहने बताइन । तर त्यहाँ पुग्ने पात्रहरूले देखाउने प्रवृतिले संविधान र कानुनको धज्जी उडाउँछन् भने ति विरुद्धको लडाईं सडकमा बाँकी रहने बताइन ।

राष्ट्रपतिप्रति अभिव्यक्ति दिएको आरोप लगाउँदै प्रहरीले राज्यविरुद्धको कसुरमा झाँक्रीलाई बिहीबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो । तर, चौतर्फी विरोधपछि सरकारले उनलाई पाँच घण्टामै रिहा गर्न बाध्य भएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ७ : २० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष