२८ आश्विन २०८३, बुधबार | October 14, 2026

एकीकृत समाजवादीले सोध्यो नेत्री झाँक्रीलाई स्पष्टीकरण



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठनको रूपन्देहीमा भएको कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै अभिव्यक्ति दिएको तथा पार्टी सङ्गठनको ‘अर्ली’ अधिवेशनबाट नेतृत्व तथा कार्यसमिति चयनको माग गरेका विषयमा स्पष्टीकरण सोधेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

उक्त स्पष्टीकरण चित्तबुझ्दो नभए आवश्यक कारबाहीसमेत गर्ने जनाइएको छ । पार्टीले अध्यक्ष नेपालको अदालतमा विचाराधीन मुद्दाबारे सार्वजनिक रूपमा नबोल्न निर्देशन दिएको छ ।

अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले गत जेठ २२ गते धारणा सार्वजनिक गरेकाले त्यस धारणासँग बाँझ्ने गरी पार्टी पङ्क्तिलाई कुनै अभिव्यक्ति नदिन, नलेख्न निर्देशन दिएको थियो ।

विद्यमान परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे आवश्यक निर्णय संस्थागत रूपमा लिने बताउँदै पार्टीले सार्वजनिक रूपले नबोल्न पार्टीका सबै तहका नेतालाई आग्रह गरेको थियो ।

पार्टीका बैठकमा आफ्ना धारणा राख्न तथा छलफल गर्न पाइने भएकाले कुनै पनि बहानामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिन सबैलाई निर्देशन दिइएको जनाइएको छ ।

पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पार्टी अध्यक्ष नेपालसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेपछि केही नेताहरूले पार्टी भावनाविपरीत अभिव्यक्ति दिन थालेकाले पार्टीले जथाभावी नबोल्न सूचीत गरेको हो ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ५२ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका