१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले दियो श्री एयरलाई निर्देशन



डोल्पा । डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले श्री एयरको हेलिकप्टरलाई सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरेको छ । उक्त कम्पनीको हेलिकप्टरले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीलाई जाँच नगराई र निकुञ्ज कार्यालयमा नियमानुसार राजश्व नबुझाएरै उपल्लो डोल्पामा पर्ने धोमा हेलिकप्टर उडान अवतरण गरेको भन्दै सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।

धो क्षेत्रमा के कति प्रयोजनका लागि कसको अनुमति लिई हेलिकप्टर उडाइएको हो, सुरक्षार्थ खटिएका निकुञ्जका सेना र कर्मचारीद्वारा जाँच नगराई, नियमानुसार राजश्व नबुझाइ उडान अवतरण गर्नुका कारण केहो भनेर पत्रमा खुलाइएको छ । उक्त पत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र इश्वरी बक्स गुल्म सुलिगाडलाई बोधार्थ दिँदै इमेलमार्फत श्री एयरलाइन्सको कार्यालयमा पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।

सात दिनभित्र स्पष्ट जवाफ पेश नगरे कानूनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइनेसमेत उल्लेख गरिएको छ । श्री एयरको हेलिकप्टरको धो मा सडक खन्ने प्रयोजनका लागि २९ माघमा त्रिपुरासुन्दरी नगपालिकाको चुँ गाडबाट डोजर बोकेर उपल्लो डोल्पा पु¥याएको थियो । ठेकेदारले निकुञ्जले दिएको सहमतिका आधारमा हेलिकप्टर उडाएको दाबी गरे पनि निकुञ्जले कुनै सहमति नदिएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : ३९ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो