४ भदौ २०८३, बिहिबार | August 20, 2026

बुटवलमा सामुहिक ईहि(बेलबिबाह) तथा क्येटा (ब्रतबन्ध) पुजा शुरु



बुटवल । नेवार समूदायको मुख्य कर्म अन्तर्गत बुटवलमा नेवारी कन्याहरुको सामुहिक ईहि यज्ञ (बेलबिवाह) तथा क्येटा पुजा (ब्रतबन्ध) शुरु भएको छ । नेवा सेवा समिति बुटवल कालिकानगरको आयोजनामा देविनगरस्थित भुपुसैनिक क्लबमा दुई दिने कार्यक्रमका साथ ईही र क्येटा पुजा शुरु भएको हो ।

समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सामुहिक रुपमा गरिने यस्ता कार्यक्रमबाट छरिएर रहेका नेवारहरु बिच एकता हुनुको साथै एक्लाएक्लै पुजा गराउँदा हुने अधिक आर्थिक ब्ययभार समेत कम हुने दाबी गरे ।

नेवार पण्डित हरिशरणोराज्योपाध्यले संस्कृतिमा धनी नेवारहरु संगठित भएर लाग्दा नया पिढिलाई यसको ज्ञान हुने बताए ।

समितिका सचिव डिल्लि कुमार श्रेष्ठले यस वर्षको ईही यज्ञमा ८४ जना कन्याहरु सहभागि रहेको बताए । यसैगरि दोस्रो दिन ८ जना नेवार बालकको क्येटा पुजा (ब्रतबन्ध) समेत हुने उनले बताए । कार्यक्रममा रुपन्देही,काठमाडौ, दाङ, पाल्पा, अर्घाखाची लगायत क्षेत्रबाट सहभागिता रहेको छ ।

संयोजक बिष्णुमाया श्रेष्ठले नेवार जातिभित्र रहेको धनी र गरिबको खाडल हटाउन यसरी गरिने सामुहिक कार्यले सहयोग मिल्ने बताईन । विहान भुपुसैनिक क्लबबाट शुरु भएको जनचेतना र्याली समितिको भवन पुगेर पुनः भुपुसैनिकमा फर्किएर औपचारिक कार्यक्रम शुभारम्भ भएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ४ : १६ बजे

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका