नेताहरुको मर्यादाविहीन अभिव्यक्ति, शीर निहुराउँदैछन् समर्थकहरु

प्रा. जनार्दन आचार्य
६ फाल्गुन २०७७, बिहीबार

यतिखेर देशभित्र र देशबाहिरका हरेक नेपाली ब्यक्ति, परिवार र समुदायका मानिसहरु बहुमतको सत्तासीन दल भित्रको आपसी खिचातानी र त्यसैको फलस्वरूप उब्जिएको व्यवहारिक र भाषागत फोहरबाट दुसित हुनपुगेको राजनीतिक परिवेश आक्रान्त छ ।

बहुदल आगमन पश्चातका केही बर्ष राजनीतिक आस्थाका आधारमा गरिने विभेद र ब्यबहारका कारण नेपाली समाज पिरोलिई रह्यो । राजनीतिक आस्थाका आधारमा गरिने यस प्रकारका कृयाकलापहरुबाट मुक्ति नपाउँदै नेकपा माओवादीको द्वन्द्वकालमा सदियौंदेखि आपसमा मिलेर बसेको समाज पुनः आपसी द्वन्द्वमा फस्यो । यो विभाजन र द्वन्द्वको मार कस्लाई कति पर्यो भन्ने कुराको लेखा जोखा यो सानो पोष्टमा सम्भव छैन ।

लेखक : डा.जनार्दन आचार्य

किनभने, भौतिक संरचनाको क्षतिको आर्थिक लेखाजोखा सम्भव छ । तर यो द्वन्द्वका कारण समाजमा भित्रिएको आपसी बैमनस्यता, इष्र्या र अराजकताको मुल्यांकन रुपैयाँ र पैसामा असम्भव छ । माओवादी द्वन्द्वकालमा लागेका घाउमा मलम पट्टी लागाउन बाँकी रहेकै बेला नेकपाको वर्तमानको आपसी खिचलोबाट सिर्जित मनमुटावको मानसिकताबाट सार्वजनिक हुनेगरेका मर्यादाविहीन छाडा अभिव्यक्तिले कसलाई फाइदा र कसलाई नोक्सान पु¥याउला भन्ने सम्मको हेक्का न त बाम बुद्धिजीवी न त नेता कसैमा भएजस्तो मलाई लागेन ।

पुस ५ गते पछि खड्गप्रसाद ओली र माधवकुमार नेपाल र पुष्पकमल दाहाल दुबै खेमाका पहिलो, दोस्रो र तेस्रो दर्जाका नेताका पछाडि लाग्ने झिङ्गे नेताहरुबाट समेत सार्वजनिक कार्यक्रमहरुमा प्रयोग गरिने भाषा र शब्दचयनले साधारण समर्थक र स्रोताहरुको समेत शिर निहुरिने अवस्था छ । हालका दिनहरुमा यी गुटका सभा र सम्मेलनमा प्रयोग हुने गरेका शब्दहरु सुन्दा असिष्ट र शिष्ट माझ बिभेद गर्न मैले त बिर्से जस्तो छ ।

खड्गप्रसाद ओली र माधवकुमार नेपाल र पुष्पकमल दाहाल दुबै खेमाका पहिलो, दोस्रो र तेस्रो दर्जाका नेताका पछाडि लाग्ने झिङ्गे नेताहरुबाट समेत सार्वजनिक कार्यक्रमहरुमा प्रयोग गरिने भाषा र शब्दचयनले साधारण समर्थक र स्रोताहरुको समेत शिर निहुरिने अवस्था छ । हालका दिनहरुमा यी गुटका सभा र सम्मेलनमा प्रयोग हुने गरेका शब्दहरु सुन्दा असिष्ट र शिष्ट माझ बिभेद गर्न मैले त बिर्से जस्तो छ ।

जेहोस उहाँहरु सबैमा उन्माद चढे जस्तो छ । यस्तोमा कसले कसलाई के भन्ने ? र भन्न सक्ने ? बरु उहाँहरुमा एकले अर्कोलाई सिध्याउने होडबाजी भए जस्तो छ । यस्ता व्यवहार र आचरणबारे नेतालाई भन्ने आँट कसैमा देखिएन । बरु दुबै गुटलाई जसरी भएपनि शासन सत्तामा पुग्ने हतारो भएजस्तो छ ।

हुनत, राजनीति भनेकै ’शक्ति हत्याउने खेल हो, वा प्रतिष्पर्धा हो’ जसको प्रयोग देशमा सुशासन स्थापनाका लागि उपयोग गरिन्छ । तर, नागरिकका समस्या, सिमानाका समस्या र सुशासनका समबन्धमा सबै मौन छन । छोटो समयमा भएका यस्ता गतिविधिले नेपाली नेताहरुको धरातलीय यथार्थलाई सार्वजनिक गरको छ ।

यिनै नेताहरू कै कारण आज कुनै पनि पेशा र व्यवसायका चरित्रवान, इमान्दार कर्तव्यपरायण ब्यक्ति राजनीतिक दलमा आबद्ध भएता पनि सक्रियता देखाउन चाहँदैन । किनभने उ बसेको टोल, छिमेक र समुदायका विविध विचार र आस्था बोक्नेहरुसँग उसले जवाफ दिनुपर्छ । त्यो टोल र उसको छिमेकमा न त पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल पुग्छन न त खड्गप्रसाद ओली, इश्वर पोख्रेल आदि नै पुग्छन् । त्यस्ता अप्ठ्यारा ठाउँमा उसले आफै सामना गर्नुपर्ने हुन्छ ।

‘राजनीति भनेको स्वार्थहरु माझको झगडा हो, जसमाथि जनताको सिद्धान्तको जलप लगाईन्छ र व्यक्तिगत फाइदाका लागि प्रयोग गरिन्छ ।’

यिनका अभिब्यक्तिहरुबाट प्रसिद्ध राजनीतिशास्त्री Amhrnse Rice को भनाइ याद आयो । उनले लेखेका छन् ‘राजनीति भनेको स्वार्थहरु माझको झगडा हो, जसमाथि जनताको सिद्धान्तको जलप लगाईन्छ र व्यक्तिगत फाइदाका लागि प्रयोग गरिन्छ ।’ उनको यो कथन नेपाली कम्युनिस्टहरूका लागि सटिक बस्छ । किनभने, विभिन्न कालखण्डमा नेपालका कम्युनिस्टहरूमा देखापरेको फुट नितान्त व्यक्तिगत कुण्ठा र प्रतिशोधबाट निर्देशित देखिन्छ जसको सिकार क. पुष्पलाल श्रेष्ठ देखि सीपी मैनालीसम्म बने । परिणामस्वरूप हाल नेकपाभित्र मौलाउदै गएको अराजक प्रवृत्तिबाट लेनिनले भने जस्तै, ‘अराजकताले वर्गको ठाउँमा जातिवाद निम्त्याउँछ ।’ अब यहि हुन मात्र त बाँकी छ ।

भृकुटीनगर, नेपालगन्ज ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*