५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कुटपिट गरेको आरोपमा पल शाहविरुद्ध उजुरी



धरान । कलाकार पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् ।

म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको प्रधानको आरोप छ । प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् ।

धरानमा पललाई लोकेसन हेर्नेदेखि सबै काममा आफूले सहयोग गरेको तर आफूमाथि नै आक्रमण भएपछि उजुरी हाल्न बाध्य भएको प्रधानले बताएका छन् ।

उनका अनुसार धरानको एक होटलमा खाना खाने बेलामा विवाद उत्पन्न भएको थियो । पललाई एक कार्यक्रममा अतिथिका रुपमा बोलाइएको थियो तर उनी जान नमानेपछि त्यहीँ विवाद सिर्जना भएको थियो ।

उजुरी परेपछि प्रहरीले शुक्रवार दुवै पक्षलाई छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ७ : १३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं