२२ भदौ २०८३, सोमबार | September 7, 2026

फेला प¥यो दुई लिङ्गी चरा



काठमाडौं । अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ । चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गरेका हुन् । उनले फेला पारेको त्यस चराको फोटोले यतिबेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ ।

उनले विगत ४८ वर्षदेखि चराको अध्ययन गरिरहेका छन् । पछिल्लो समय काठ फोरुवा लहाँचे चराको खोजीमा रहेका उनले दुई लिङ्गी भएको चरासँगको साक्षात्कार हुँदा लहाँचे भेटिए जत्तिकै खुसी व्यक्त गरेका छन् ।

एउटै शरीरमा भाले र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ । आफूले लाखौँ चराको अध्ययन गरे पनि अहिले भेटिएको त्यो चरा निकै दुर्लभ भएको उनले बताएका छन् । चरा भेटिएपछिको आफ्नो अनुभूति फेसबुकमार्फत सार्वजनिक गर्दै उनले दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको बारेमा बताएका छन् ।

चराविद् हिलका अनुसार भाले कार्डिलन चराको रङ चम्किलो रातो हुन्छ । पोथीको रङ भने फिक्का खैरो हुनेगर्छ । त्यो चराको फोटो खिच्न हिललाई सहज भने भएन । आफ्ना साथीहरूले फोनमा पठाएको फोटो हेरेपछि उनी चरा भएको स्थान वारेन काउन्टीमा पुगेका थिए ।

एक घण्टाको कुराइपछि अन्य कार्डिनल चराको हुलसँगै त्यो चरा पनि आयो । दुईवटा रुखमा एक्लै बसेपछि बल्ल फोटो खिच्न सहज भएको अनुभव उनले सुनाए । उनले भेटेको चराको रङ भने आधा रातो र आधा फिक्का खैरो छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ७ : ४३ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा