१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

एकाघरका सासु झुण्डिएर आत्महत्या, बोरामा बाँधेको अवस्थामा बुहारीको शव भेटियो !



गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका भाडगाँउमा बोरामा बाँधेर फ्याँकीएको अवस्थामा युवतीको शव फेला परेको छ । रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान र स्थानीयले दिएको जानकारी अनुसार गत माघ २९ गते घरबाट हराएकी स्थानीय सम्झना बोहराको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ । कपडाका आधारमा भेटिएको शव सम्झनाकै भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका नायव प्रहरी उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

स्थानीयले शवको गन्ध आएको खबर गरेपछि घटना स्थलमा प्रहरी पुग्दा शव भेटिएको उनले बताए । प्रहरीका अनुसार बारीको कुनामा टाउको सहित आधा शरिर बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा शव फेला परेको थियो । घटनास्थललाई प्रहरीले शिल गरेको छ ।

सम्झनाको माइती पक्ष घटनास्थलमा अझै नपुगेकोले शवको पहिचान भने हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना यस्तो थियो :

गत माघ २९ गते २१ वर्षिया सम्झना घरबाट हराएकी थिईन् । उनी घरबाट बेपत्ता भएपछि सम्झनाका माईतिपक्षले घरकै सासुबाट हत्या वा बेपत्ता पारिएको हुन सक्ने भन्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले सम्झनाकी सासु तोमकली खत्रीलाई साधेपुछका लागि नियन्त्रणमा लिएर छाडेको थियो । प्रहरी नियन्त्रणबाट निस्केको अर्को दिन सासुले पनि घर नजिकैको रुखमा झुण्डीएर आत्माहत्या गरेकी थिईन् ।

फागुन २ गते सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाण्डेले बताए । स्थानीय मुसीकोट सम्झनाको माईत भएपनि मुख्य व्यक्ति काठमाडौबाट आउनु पर्ने भएकाले उनीहरुको प्रतिक्षामा घटनास्थल सशल गरिएको पाण्डेले बताए ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : १२ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले