२ पुस २०८२, बुधबार | December 17, 2025

प्राचीन अभिलेख संरक्षण गरिनुपर्ने



काठमाडौं । लेखन सामग्रीका रुपमा रहेका प्राचीन अभिलेखलाई संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय अभिलेखालयले सोमबार काठमाडौंमा आयोजना गरेको ‘लेखन सामग्री एवं अभिलेखका प्रकार’ विषयक अन्तरक्रिया कार्यक्रममा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले चट्टानअभिलेख, गुहअभिलेख, शिलालेख, शिलास्तम्भलेख, मूर्तिलेख, ढुङ्गेधारालेख, जलद्रोणीलेख, जलहरीलेखजस्ता प्राचीन सामग्रीलाई सुरक्षित राखिनुपर्ने बताए।

समयक्रममा यस्ता सामग्री नाश हुन सक्ने, बिग्रन सक्ने भएकाले यिनको संरक्षणका लागि अभिलेखालयले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

पशुपति क्षेत्रमा रहेको जयदेवको अभिलेखलाई नेपालमा अहिलेसम्म प्राप्त सबैभन्दा ठूलो अभिलेख मानिन्छ । यसैगरी भक्तपुरको जङ्गम मठ क्षेत्रमा रहेको दुई पङ्क्तिको अभिलेखलाई हालसम्म प्राप्तमध्येमा सानो अभिलेख मानिएको जानकारी पनि कार्यक्रममा संस्कृतिविद् श्रेष्ठले गराए ।

अभिलेखालय प्रमुख सौभाग्य प्रधानाङ्गले यस वर्ष पुस १७ गतेदेखि विभिन्न विषयमा जुम माध्यमबाट अन्तरक्रिया सुरु गरिएको जानकारी दिए।

कार्यक्रमलाई अब प्रत्येक महिना निरन्तरता दिइने जनाइएको छ । कार्यक्रममा अभिलेख अधिकृत रज्जु हाडाले अभिलेख उपशाखाले संरक्षणमा गरिरहेका काम एवं गतिविधिका बारेमा जानकारी गराए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : १० बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको