४ पुस २०८२, शुक्रबार | December 19, 2025

इरानका उपमन्त्रीलाई कोरोना भाइरसको सङ्क्रमण



बिबिसी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को त्रास अहिले विश्वभर छाइरहेको छ ।

चीनमा यसको रोकथाम र नियन्त्रणका लागि भएका प्रयासहरु केही सार्थक देखिए पनि अन्य देशहरुमा भने यसले थप समस्या निम्त्याउँदै गएको छ ।

यसैबीच इरानका स्वास्थ्य उपमन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसको संक्रमणका कारण इरानमा हालसम्म १५ जनाको मृत्यु भइसकेको आधिकारिक तथ्यांक छ ।

यद्यपी मृतकको सङ्ख्या त्यसभन्दा बढी हुनसक्ने बताइएको बेला स्वास्थ्य उपमन्त्रीमाथि नै कोरोनाको संक्रमण देखिएको बिबिसीले जनाएको छ ।

सम्भावित कोरोना भाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएका बेला विभिन्न देशहरूमा थप सङ्क्रमितहरू फेला पर्ने क्रम जारी छ ।

चीनपछि इटली, दक्षिण कोरिया र इरान नयाँ कोरोनाभाइरससँग जुधिरहेका छन् भने स्पेनमा एउटा होटलमा सयौँ मानिसहरूलाई कोठाभित्रै बस्न निर्देशन दिइएको छ ।

सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बाहरेनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको बताइएको थियो ।

ती सबै देशमा सङ्क्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको