८ माघ २०८२, बिहिबार | January 23, 2026

अन्तरराष्ट्रिय विमानस्थल संचालन हुंदैमा लुम्बिनीमा पर्यटक नथपिने पर्यटन व्यवसायीको ठहर



बुटवल । भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल संचालन हुँदैमा लुम्बिनीमा पर्यटक नबढ्ने सरोकारवालाले बताएका छन् । नेपाल पर्यटन बोर्डले लुम्बिनीको एकीकृत ब्राण्डिङका बिषयउमा आज रुपन्देहीमा गरेको कार्यक्रममा सहभागी वक्ताहरुले लुम्बिनीमा अन्तरराष्ट्रिय पर्यटक भित्राउनका लागि एकीकृत ब्राण्डिङ गरिनु पर्ने बताए । उनीहरुले ब्राण्डिङमा सत्य र तथ्यमा आधारित कथा झल्केको हुनु पर्ने बताउँदै फकर फकर कथा पस्केर पर्यटकलाई आकर्षण दिन नसकिने धारणा राखे । पछिल्लो समय महिला पर्यटकहरुले पुरुषले भन्दा बढी खर्च गर्ने क्षमता राख्ने गरेको भन्दै सहभागीहरुले बिश्व समूदायका ५० लाख महिला लुम्बिनीमा आउने गरि ब्राण्डिङ गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले विश्वभरीका बौद्धिस्ट महिलाहरुलाई बच्चा जन्माउनकै लागि लुम्बिनी आउने वातवरण बनाउन लुम्बिनीमा वर्थिङ सेण्टर बनाउने योजना अगाडी सारेको बताए । उनले प्रदेश सरकार उच्च प्राथमिकताका साथ लुम्बिनीलाई ब्राण्डिङ गर्ने योजनामा लागेको बताउँदै त्यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका सदभावना राजदुत बिक्रम पाण्डे काजीले बिश्वमा महिलाहरुले बराबर पुरुषले खर्च गर्न नसक्ने भन्दै लुम्बिनीमा हलिाहरुलाई आकर्षण दिनसक्नु पर्ने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बुद्ध धर्म संगै यस आसपासमा रहेका हिन्दु धार्मिस्थल पनि जोडेर प्याकेज बनाउन सकिए लुम्बिनीमा पर्यटकको आगमन बढाउन सकिने बताए ।

सहभागीहरुले लुम्बिनीको लोगा बनाउँदा नेपाली माटोमा जन्मेको रन्जना लिपी प्रयोग गर्न सुझाव दिंदै मौलीक र सर्वसाधारणले बुझ्ने प्रकृतिको लोगो बनाउन आवश्यक रहेको बताएका थिए ।

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : ३६ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा