२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्रचण्डलाइ विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?



काठमाडौं । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बौ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् ।

उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोन्मेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन् ।

प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा गम्भीर रूपमा उठाएको भए पनि बेवास्ता गरिएको बताए ।

विप्लवले आपूmहरूले पार्टीभित्र त्यस्तो बदमासी नगर्नुस् है भनेर नेतृत्वलाई सचेत गराएको स्मरण गर्दै भने ‘२० हजार जनमुक्ति सेना ब्यारेकमा बस्दा प्रतिसेना ५ हजारका दरले काटियो, क्रान्तिका निम्ति भन्दै काटिएको त्यो पैसा कहाँ गयो ? पूर्वमाओवादी कमान्डर मध्येका एक विप्लवले प्रश्न गर्दै भने ‘थोरैको कुरा हो र १९ अर्ब रुपैयाँको कुरा छ त्यसको खोजीनीति हुनुपर्छ,’

भ्रष्टाचारको विषय सार्वजनिक भए पनि ठोस परिणाम नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘भ्रष्टाचार कसले गरेको हो ठोस हुनुपर्दैन । एउटाले अर्कोलाई दोष दिएको छ,’ उनले भने ।

विप्लवले शीर्ष दलले जनताको मत पाएर जनताकै अपमान गरेको बताए । उनले भने, ‘दलहरू गुटगत लडाइँमा छन् । आफ्नो गुटका लागि लडेर जनतालाई सुख हुँदैन, प्रगति हुँदैन,’ आफूहरू शान्ति विरोधी नभएको भन्दै उनले भ्रष्टाचारीको विरोधमा आवाज उठाएको बताए । ‘भ्रष्टाचार गर्नेलाई कारबाही गर्नु गल्ती हो त ? किसानलाई सस्तोमा ऋण दिनुपर्छ भन्नु गल्ती हो त ?’ उनले प्रश्न गरे ।  उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : १९ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा