१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

परीक्षाको समयमा मात्रै उत्तीर्ण हुने मनोविज्ञान विद्यार्थीमा अझैसम्म हट्न सकेन



काठमाडौ ।  समयको मागअनुसार आधारभूतदेखि स्नातकोत्तर तथा यसभन्दा उच्च तहका पाठ्यक्रमहरु पनि परिमार्जन एवम् विकसित हुनुपर्छ । विद्यार्थीहरुमा भने विषयगत ज्ञानमा अभ्यस्त हुनुभन्दा पनि परीक्षाको समयमा मात्रै उत्तीर्ण हुने मनोविज्ञान अझैसम्म हट्न सकेको छैन । शिक्षण क्षेत्रमा देखिएको सुगा रटाई प्रवृत्तिले भविष्यमा पुग्ने दिर्घकालीन असरबारे ध्यान दिनुपर्ने शिक्षाकर्मीहरुको सुझाव छ ।

समयानुसार विश्वविद्यालय एवं विद्यालय तहको पाठ्यक्रम परिमार्जन हुन्छ । देशकै जेठो त्रिभुवन विश्वविद्यालयले विगतको तुलनामा प्राविधिक तथा व्यवहारिक शिक्षाको १७ प्रतिशतबाट ७० प्रतिशतसम्म पु¥याउने गरि पाठ्यक्रम तथा शिक्षण अभ्यास गरिरहेको छ ।

विगतमा लामो समयसम्म नै देशलाई कस्तो खालको जनशक्ति कति मात्रामा चाहिन्छ भन्ने विषयमा सरकार र विश्वविद्यलयहरुबीच सहकार्य नै हुनसकेको थिएन । अहिले भने विश्व विद्यालयले प्रमुख ३ उद्देश्यका साथ पाठ्यक्रमहरु परिमार्जन एवम् विकास गरिरहेको छ । बजारको मागअनुसार र देश विकासमा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ पाठ्यक्रमहरु निर्माण भईरहेको बताउनुहुन्छ त्रिभुवन विश्वविद्यँलयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटा ।

यता विषयगत ज्ञानमा दक्षता र अभ्यस्त हुनुभन्दा पनि परीक्षालाई सघाउ पुग्ने खालको पाठ्यपुस्तकहरु पढेर पास मात्रै हुने प्रवृत्तिले पनि नेपाली विद्यर्थीमा जरा गाड्दै गएको छ । यसले ज्ञानको दायरालाई फराकिलो बनाउनुभन्दा पनि साघुरो बनाईरहेको सरोकारवालाहरु बताउंछन् ।

कतिपयले त आफूले कुन विषय पढिरहेको छु भन्ने समेत थाहा नभईकन कोडको आधारमै पुस्तक किनेर पढिरहेको नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले जनाएको छ । नाफाका लागि जथाभाबी रुपमा लेखक, व्यवसायी तथा प्रकाशकहरुले पनि बजारमा ल्याएका यस्ता पुस्तकहरुले दिर्घकालीन रुपमा पुग्ने क्षतिप्रति सचेत हुनुपर्ने संघको सुझाव छ । यसमा सरकारले नीतिगत रुपमा सच्याउनुपर्ने र आम विद्यार्थी, पाठक स्वयम् सरोकारवालाहरु पनि सचेत बन्नुपर्ने संघका पदाधिकारीहरु बताउंछन् ।

क्याम्पस लगायत शैक्षिक सत्रका पाठ्यक्रमहरु परिस्कृत एवम् स्तरन्नोति हुुदै गएसगै त्यस्ता पुस्तकको शुल्क पनि महंगो हुदै गएका छन् । विशेषगरी, स्नातक, स्नाकोत्तर, एम.फिल, पि.एच.डी. लगायतका अनुसन्धानमूलक पुस्तकहरु अनिवार्य रुपमा विदेशबाट पनि किन्नुपर्छ । यस्तो अवस्थामा महंगो पुस्तकहरु किनेर पढ्न विद्यार्थीलाई आर्थिक लगायतका समस्या हुने विद्यँर्थीहरुले बताएका छन् । आफ्ना रुची र अतिरिक्त विषयका ज्ञानहरु ईन्टरनेट जस्ता सञ्जालमा उपलब्ध पुस्तक, जर्नल, लेख आदि पनि डलरमै किन्नुपर्दा योे नेपाली विद्यार्थीको पहुचमा नभएको उनीहरुको भनाई छ ।

पाठ्यपुस्तक अभाव एवम् महंगा पाठ्य पुस्तकका कारण आमविद्यर्थीको पठनपाठनमा प्रभाव पुगिरहेको छ । स्तरीय पठन संस्कृति, आमविद्यँर्थी एवम् पाठकको आत्म विकासभन्दा पनि परीक्षा मात्रै उत्तीर्ण गर्ने मौलाउदो शैलीले शिक्षा क्षेत्रको दायरा कस्सिदै गएको छ ।

तसर्थ, प्राविधिक एवम् ज्ञानबद्र्धक शिक्षाका लागि परिमार्जित पाठ्यक्रम देशभित्रै बनाउनुपर्छ भने पाठ्य पुस्तकहरु पनि सर्वसुलभ रुपमा उपलब्ध गराईनुपर्छ । आम विद्यार्थी र शिक्षाकर्मीहरु पनि ज्ञान र विज्ञानमा पूर्णरुपमा अभ्यस्त हुन लालायित हुन सके मात्र भोलिको दिन फलदायी बन्नसक्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ६ : ५९ बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा