२७ बैशाख २०८३, आइतबार | May 10, 2026

बुटवलमा यातायात व्यवसायीको चुनावी सरगर्मी : खरेल र गाहा प्यानल निर्वाचनमा भिड्दै



बुटवल । प्रालि बन्नु अगाडीको २ वटा कार्यकाल लगातार पश्चिम नेपाल बस ब्यवसायी संघको अध्यक्ष रहेका दधिराम खरेललाई टक्कर दिँदै यातायात व्यवसायी पदमराज गाहाले उम्मेदवारी घोषणा गरेका छन् । समिततिबाट प्रालीमा रुपान्तरित भएपछि हुन लागेको पहिलो अधिवेशनमा वर्तमान अध्यक्ष खरेल र गाहाका बीच प्रतिस्पर्धा हुने भएको छ ।

दुबै अध्यक्षका उम्मेदवारहरुले प्यानल सहित उम्मेदवारी दिने घोषणा गरेका छन् ।

२०२६ साल देखि यातायात क्षेत्रमा क्रियाशिल पश्चिम नेपाल बस ब्यवसायी संघलाई सरकारले कम्पनीमा जानुपर्ने नियमन गर्दै नबिकरण नगरिदिएपछि २०७६ सालमा प्रालीमा रुपान्तरण भएको थियो । प्रालि बनेपछि पहिलो साधारणसभा तथा अधिवेशनको तयारीमा लागेको यातायात व्यवसायीहरुले व्यवसायीहरुको हक हितका सम्बन्धमा आ आफ्ना एजेण्डाहरु अगाडि सारेका छन् । प्रालीको यहि २८ र २९ गते प्रथम साधारणसभा तथा नयाँ नेतृत्वको लागि निर्वाचनको तयारी भई रहेको छ ।

कम्पनी ऐन अनुसार संस्था दर्ता भएपछि ११ सदस्यीय सञ्चालक समितीका लागि निर्वाचन हुन लागेको प्रालीले जनाएको छ । प्रालीका अनुसार संघका सदस्यका हैसियतले मतदान गरिरहेका सवारीधनीले अव शेयरसदस्यका हैसियतले मतदान गर्नेछन् । नयाँ दर्ता भएको प्रवन्धपत्र र नियमावलीमा अधिवेशनले ११ जना सञ्चालक छनौट गर्ने र ११ जना मध्ये बाट एक जना अध्यक्ष हुने ब्यवस्था गरिएको छ ।

खरेलको नेतृत्वमा बर्तमान सञ्चालकहरु नारायण प्रसाद घिमिरे, जिवन कुमार बन्जाडे, गोपाल पौडेल, रामचन्द्र भुसाल, नारायण बेल्वासे, मोहन पिएस,कृष्ण प्रसाद सापकोटा(सागर),जितेन्द्र खत्री ऋषिराम डुम्रे र कुस्माखर रेग्मीले उम्मेदवारी दिने भएका छन् भने पदमराज गाहाको नेतृत्वमा बर्तमान सञ्चालक सुरेन्द्र श्रेष्ठ सहित रमेश प्रसाद अधिकारी, नारायण प्रसाद भण्डारी,कृष्ण प्रसाद पाण्डे, रुक्मागत पाण्डे,कृष्ण प्रसाल बेल्वासे,लाल बहादुर गुप्ता,शोभाखर भण्डारी, प्रेम गौचन र दिपेन्द्र श्रेष्ठले सञ्चालकमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

प्रालीको निर्वाचनका लागि २ हजार ३ सय ९६ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : १४ बजे

कम्युनिस्ट एकताको आवश्यकता बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

पार्टी प्यालेसको विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको

लम्की-टीकापुर-खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर