२२ भदौ २०८३, सोमबार | September 7, 2026

सेयरको मूल्यमा गिरावट आउनुको कारण ?



काठमाडौं । नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आउँदा मंगलवार २३.२२ अंकले ओरालो लागेको छ ।

कारोबारको शुरूआतबाटै ओरालो लागेको नेप्से परिसूचक २४८५.१ को विन्दुबाट शुरू भएको थियो । अन्तिम समयसम्म आउँदा परिसूचक ०.९३ प्रतिशतले घटेर २४६१.८८ को विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्से सेन्सेटिभ पनि कारोबारको अन्तिम समयसम्म नै ओरालो यात्रामै कायम रह्यो । सेन्सेटिभ परिसूचक ४.४७ अंकले घटेर ४४५.२१ को विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्दा पनि कारोबारका १३ उपसमूहमध्ये होटल समूह र हाइड्रोपावर समूहमा भने लगानीकर्ता आकर्षण देखिएको छ ।

अन्तिम समयसम्म होटल समूह २.९८ प्रतिशत र हाइड्रोपावर समूह १.८ प्रतिशतले बढेका छन् । म्युच्अल फन्ड पनि अन्तिम समयसम्म आउँदा ०.०१ प्रतिशतले बढेको हो । मंगलवार २१० कम्पनीमध्ये १२४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४० कम्पनीको शेयर मूल्य बढेको छ ।

कारोबारमा आएका कम्पनीहरूले १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता सेयर ५२ हजार ५९१ पटक खरिदबिक्री हँुदा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अन्तिमा समयसम्म शिखर इन्स्योरेन्सले ६५ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको भने अपर तामाकोसी हाइड्रोपावरले २९ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ ।

बजारबाट नाफा बुक गरेका लगानीकर्ताहरू फेरि आक्रामक हिसाबले प्रवेश गर्न बाँकी नै रहेकाले नेप्से केही प्रभावित भएको छ । ट्रेडरहरूले अझै तल्लो विन्दुको अपेक्षा गरेर बसेका छन् भने अरू लगानीकर्ता पनि ‘पर्ख र हेर’कै अवस्थामा रहेका छन् ।

बजार घटेका बेला अझै तल झर्छ कि भन्ने आम मानसिकता हावी हुने भएकाले शेयर घट्दै गएको हो । वारेन बफेटसहित विश्वका सफल लगानीकर्ताहरूको सुझाव भने बजार घटेका बेला किन्ने अनि बढेका बेला बेच्ने भन्ने नै रहेको छ ।

घटेका बेला अझै तल जान्छ कि भने त्रसित मानसिकता हावी हुनु पनि बजार घट्नुको अर्को कारण हो । तर शेयर बजारको ‘मास साइकोलजी’ भने जहिले पनि योभन्दा उल्टो हुने गरेको पाइन्छ ।

बढेका बेला जति मूल्य पनि तिर्न तयार हुने आम लगानीकर्ता समेत घटेका बेला सस्तो भाउमा समेत किन्न हिच्किचाउने प्रवृत्ति देखिन्छ । बैंकले कर्जामा ब्याजदर बढाउँदैछ । तरलता अभाव हुन्छ भने जस्ता हल्लाले पनि शेयरको मूल्यमा प्रभाव परेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ५१ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा