२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सेयरको मूल्यमा गिरावट आउनुको कारण ?



काठमाडौं । नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आउँदा मंगलवार २३.२२ अंकले ओरालो लागेको छ ।

कारोबारको शुरूआतबाटै ओरालो लागेको नेप्से परिसूचक २४८५.१ को विन्दुबाट शुरू भएको थियो । अन्तिम समयसम्म आउँदा परिसूचक ०.९३ प्रतिशतले घटेर २४६१.८८ को विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्से सेन्सेटिभ पनि कारोबारको अन्तिम समयसम्म नै ओरालो यात्रामै कायम रह्यो । सेन्सेटिभ परिसूचक ४.४७ अंकले घटेर ४४५.२१ को विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्दा पनि कारोबारका १३ उपसमूहमध्ये होटल समूह र हाइड्रोपावर समूहमा भने लगानीकर्ता आकर्षण देखिएको छ ।

अन्तिम समयसम्म होटल समूह २.९८ प्रतिशत र हाइड्रोपावर समूह १.८ प्रतिशतले बढेका छन् । म्युच्अल फन्ड पनि अन्तिम समयसम्म आउँदा ०.०१ प्रतिशतले बढेको हो । मंगलवार २१० कम्पनीमध्ये १२४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४० कम्पनीको शेयर मूल्य बढेको छ ।

कारोबारमा आएका कम्पनीहरूले १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता सेयर ५२ हजार ५९१ पटक खरिदबिक्री हँुदा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अन्तिमा समयसम्म शिखर इन्स्योरेन्सले ६५ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको भने अपर तामाकोसी हाइड्रोपावरले २९ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ ।

बजारबाट नाफा बुक गरेका लगानीकर्ताहरू फेरि आक्रामक हिसाबले प्रवेश गर्न बाँकी नै रहेकाले नेप्से केही प्रभावित भएको छ । ट्रेडरहरूले अझै तल्लो विन्दुको अपेक्षा गरेर बसेका छन् भने अरू लगानीकर्ता पनि ‘पर्ख र हेर’कै अवस्थामा रहेका छन् ।

बजार घटेका बेला अझै तल झर्छ कि भन्ने आम मानसिकता हावी हुने भएकाले शेयर घट्दै गएको हो । वारेन बफेटसहित विश्वका सफल लगानीकर्ताहरूको सुझाव भने बजार घटेका बेला किन्ने अनि बढेका बेला बेच्ने भन्ने नै रहेको छ ।

घटेका बेला अझै तल जान्छ कि भने त्रसित मानसिकता हावी हुनु पनि बजार घट्नुको अर्को कारण हो । तर शेयर बजारको ‘मास साइकोलजी’ भने जहिले पनि योभन्दा उल्टो हुने गरेको पाइन्छ ।

बढेका बेला जति मूल्य पनि तिर्न तयार हुने आम लगानीकर्ता समेत घटेका बेला सस्तो भाउमा समेत किन्न हिच्किचाउने प्रवृत्ति देखिन्छ । बैंकले कर्जामा ब्याजदर बढाउँदैछ । तरलता अभाव हुन्छ भने जस्ता हल्लाले पनि शेयरको मूल्यमा प्रभाव परेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ५१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ