११ भदौ २०८३, बिहिबार | August 27, 2026

तिलोत्तमामा खुल्यो थारु सँस्कृति, परम्परा सहितको ‘अपन रिसोर्ट’



तिलोत्तमा । अन्तराष्ट्रिय विमान स्थल र लुम्बिनीको पर्यटकलाई मध्यनजर राख्दै रुपन्देहीमा अत्याधुनिक तथा सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरु खुलिरहेका छन ।

यसैबीच तिलोत्तमामा थारु सँस्कृति, परम्परा तथा परिकारहरुको स्वाद लिन पाउने गरी ‘अपन रिसोर्ट’ सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गको भैरहवा-बुटवल मुख्य सडक खण्डमा रहेको कोटिहवा चोकदेखि ८ सय मिटर पूर्व तिलोत्तमा-१६ बोहियामा थारु युवाहरुको लगानीमा रिसोर्ट सञ्चालन आएको हो ।

होटल सञ्चालनसँगै थारु परम्परा सस्कृति र रहनसहन अनुसारका सम्पूर्ण परिकारहरु चाख्न पाइने भएको छ भने थारु सँस्कृतिका विभिन्न नाचगानहरु समेत हेर्न पाइने भएको छ । यसैगरी थारु सँस्कृतिका बारेमा बुझ्नका लागि सौराहामा मिल्ने सबै सुविधा अपन रिसोर्टमा मिल्ने निर्देशक मनिस चौधरीले बताए ।

कोरोना महामारीपछि जनजीवन सामान्यतर्फ उन्मुख भइरहेका बेला भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमान स्थलहुँदै भित्रिने बाह्य पर्यटक तथा आन्तरिक पर्यटकलाई लक्षीत गरी करिब ३ करोडको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए । ८० जना क्षमताको एक सभाहलसहित खुल्ला गार्डेन, आवासका लागि ५ वटा कोठा, आधा दर्जनबढी कटेज रहेको रिसोर्ट १२ कट्ठा क्षेत्रफलमा फैलिएको निर्देशक चौधरीले जानकारी गराए ।

रिसोर्ट सञ्चालनसँगै थारु समुदायका चर्तित परिकारहरु घोँगी, ढिक्री, लाइलड्डु, दूधपुवा, गंगटा, झिँगे माछा, सानो बाम, ऐँठा, सितुवा लगायतका परिकारका स्वाद चाख्न पाउनुका साथै अन्य आधुनिक परिकारहरु समेत पाउन सकिने रिसोर्टका अध्यक्ष गोरक्ष चौधरीले जानकारी दिए ।

थारु समुदायको बाहुल्यता रहेको तिलोत्तमा नगरलाई उनीहरुका भाषा सँस्कृतिहरुका बारेमा जानकारी गराउँदै प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेगरी २ जनाको मूख्य लगानी तथा स्थानीय एक युवाको समेत सेयर रहने गरी रिसोर्ट सञ्चालनमा ल्याइएको छ ।

रिसोर्टको उद्घाटन गर्दै तिलोत्तमा-१६ का अध्यक्ष झविलाल भुसालले स्थानीय कला सँस्कृति संरक्षण गर्नेगरी सञ्चालनमा आएकोहुँदा स्थानीय सरकारबाट आवश्यक सहयोग र समन्वयका लागि तयार रहेको बताए ।

थारु सँस्कृति र कलाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनगरी समुदायमा आर्थिक समृद्धि ल्याउन रिसोर्टले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । रिसोर्ट सञ्चालनसँगै स्थानीय स्रोत र साधनको प्रयोग हुनुका साथै रोजगारीका अवसरहरु समेत सिर्जना हुनेमा विश्वास व्यक्त गरे ।

रिसोर्टले आफ्नो उद्घाटनको अवसरमा यहि फागुन २८ गते ख्यातिप्राप्त रास्ट्रीय गायक कमल खत्री, अप्सर अलि, सिलु भट्टराई र विभिन्न ख्यातिप्राप्त डान्सर हरुको प्रस्तुति तथा थारु नाच रहने कार्यक्रम समेत गर्ने जनाएको छ । कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : ५८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि