१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

‘लप्पन छप्पन २’ को ट्रेलर यस्तो छ



काठमाडौं । मुकुन्द भट्टको निर्देशनमा तयार भएको नेपाली फिल्म ‘लप्पन छप्पन २’ को ट्रेलर महाशिवरात्रिको अवसर पारेर बिहिबार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहमा उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

यो फिल्म आगामी चैत २७ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमल्सिना हुन् । शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रीजना सिना, रन्जीत वन्त आिदले यो फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआरआरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी, हिमाल केसी र निर्देशक भट्टको एक्सन, निरज केसीको साउण्ड र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्यमा निर्माण गरेका हुन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माता रहेका छन् ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ३ : ३६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले