२२ भदौ २०८३, सोमबार | September 7, 2026

आमासंगै कर्णालीमा हेलिएकी रजनी अझै भेटिनन्



दैलेख । सात दिनअघि आमासँगै कर्णाली नदीमा हेलिएकी आठबीस नगरपालिका-३ निमायलकी ७ वर्षीया रजनी बडुवालको शव भेटिएको छैन ।

तर, रजनीसँगै नदीमा हामफालेकी आमा सुकी, सरिता, कल्पना र ललितको गएको बुधबार कर्णाली नदीको तीरमा संयुक्त दाहसंस्कार गरिएको छ । गोताखोरको टोलीसमेत आएर खोजतलास गर्दा शव नभेटिएको वडा नम्बर-३ का वडाध्यक्ष प्रयागबहादुर शाहीले बताए ।

उनले भने, ‘शुक्रवार दिनभर गोताखोर टोलीले शव खोज्यो तर भेटाउन सकेन ।’ सुकी आफ्ना चार छोराछोरीसहित सात दिनअघि कर्णाली नदीमा हामफालेकी थिइन् । सोमबार छोरी कल्पना र सरिता तथा मंगलबार सुकी र छोरा ललितको शव अछामको पञ्चदेवल विनायक नगरपालिका-४ बेलखेतस्थित कर्णाली नदीको तीरमा भेटिएको थियो । कान्छी छोरी रजनीको शव सात दिन बितिसक्दा भेटिएको छैन ।

चार छोराछोरीसहित कर्णाली नदीमा अस्ताएका बडुवाल परिवारबारे गाउँघरका स्थानीयवासी बोल्न डराउँछन् । केही बोलेपछि प्रहरीले सोधपुछ गरेर झमेला गर्छ भनेर सुकीबारे सोधखोज गर्दा चुपचाप हुन्छन् । गाउँघरमा पछिल्लो समय बडुवाल परिवारको मृत्युले गाउँमा डरत्रास छ ।

आठबीस नगरपालिका-३ कै एक स्थानीय बासिन्दाले भने, ‘सुकीले आत्महत्या गरिन् भनेर मलाई विश्वास छैन । आवेगले नै आत्महत्या गरेकी हुन् भने १ घण्टाको पैदल हिँडेर आएपछि रिस कम हुनुपर्ने हो । १४ वर्षीया सरिता र कल्पनाले आत्महत्या गर्न कसरी सहमति जनाए ।’ सुकी आत्महत्या गर्नुको मुख्य कारण मदिरा र घरेलु हिंसा भएको स्थानीयको बुझाइ छ । श्रीमान्ले मदिरा सेवन गरेपछि श्रीमतीसहित बालबालिकालाई कुटपिट गर्ने हुँदा आफूले मर्ने योजना बनाएपछि बालबालिकालाई चाउचाउ खुवाउँदै हात बाँधेको पहिला छोरीलाई धकलेपछि छोरासहित आफूले हाम फालेको हुन सक्ने केही स्थानीयवासीको अनुमान छ ।

सुकीको मृत्युपछि शोकमग्न बनेको निमायल बस्ती उजाडजस्तै देखिन्छ । उनको घरका सबै कोठा ताला लगाएर बन्द गरिएका छन् । घरमा पालिका पशुचौपाया भोकभोकै छन् । मदिराले गर्दा छोराछोरीसहित सुकीले मृत्युको बाटो रोजेको कमल सिजापतीले बताए । प्रहरी प्रमुख जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले भने, ‘घटना भएको दिन श्रीमान्ले कुटपिट नगरेको तर घरमा पैसासम्बन्धी विवाद भएको अनुसन्धानबाट खुलेको छ ।’ घटनामा संलग्न भएका सबै व्यक्तिको मृत्यु भइसकेकाले तथ्यमा पुग्न गाह्रो छ ।

एक जना बाँचेको भए सबै खुल्थ्यो । घटनाको प्रवृत्ति हेर्दा आमा नै मुख्य योजनाकार भएर ललाइफकाइ गरेर संयुक्त आत्महत्या भएको देखिन्छ । मृतकले डोको सडकमा छोडेको, नदी किनारामा चप्पल भेटिएको र सरिता र कल्पनामा डोकोमा प्रयोग गरिएको डोरीले बाँधिएको भेटिनुले घटना स्वयं आफंैले गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जघन्य आपराधिक घटना घटेको प्रमाण भेटिएको छैन । निमायलबाट दुई घण्टा हिँडेर मात्र नदीमा पुगिने हुनाले घटना १२ बजे घटेको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलदेखि गोताखोर टोलीले ४४ किलोमिटर तल्लो डुंगेश्वरसम्म खोजतालस गर्दा लाश भेटिएको छैन । गोताखोर टोलीले आमा सुकीको शव भएको ठाउँदेखि तल्लोडुंगेश्वरसम्म-याप्टिङ प्रयोग गरी शवको खोजी गरेको दैलेखका प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : ४३ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा